काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकको प्रणाली सुरक्षित रहेको बताएको छ । राष्ट्र बैंकसहित १६ बैंकको फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंकले अनुसन्धान अघि बढेको र अहिलेसम्म सबै बैंकको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेसम्म सबै बैंक ठिक पाएको र यस्ता धम्कीहरुबाट सचेत रहनुपर्ने भन्दै कसैलाई पनि नडराउन नहुन आग्रह गरेका छन् ।
ह्याकरहरुले इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख गरी २४ घण्टाभित्र ह्याक गर्ने चेतावनी दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्