×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा संस्थानले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने, प्रस्ताव पेश गर्न आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय बीमा संस्थानले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने, प्रस्ताव पेश गर्न आह्वान

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
संस्थानले वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्नको लागि साउन ७ गतेदेखि साउन ११ गतेभित्र संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुने गरी गोप्य शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले हालै प्रकासित वित्तीय विवरण संलग्न राखी त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी