काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापन रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापन लक्ष्मी क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष ७७/७८ मा ३५ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ ।