काठमाडौं । आज सोमबार ङादी ग्रुप पावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । दिउँसो १२ बजेर ५५ मिनेटमा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३९ रुपैंयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । ३४ करोड ४९ लाख ७५ हजार २४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावर र विशाल बजार कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढिसकेको छ ।