×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से ८.२४ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार न्याग्दी ग्रुप पावर कम्पनीको भएको छ । यस कम्पनीको ३९ करोड ३० लाख ३७ हजार ८ सय ३२ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, एग्रीकल्चर डेभलपमेन्ट बैंक, नेपाल बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र मञ्जुश्री फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: