×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र लेटाङमा पनि, ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र लेटाङमा पनि, ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउने उद्देश्य

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ । नेपाल बंगलादेश बैंकले नयाँ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् ।

बुधबारे बजार लेटाङ नगरपालिका वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिका वडा नम्बर ९ को केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा नगरपालिकाको आग्रह र ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

विस्तारित सेवा केन्द्रबाट चेक क्लियरिङ, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालनलगायत सेवा उपलब्ध हुने बैंकले बताएको छ । बैंकले हाल ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी