×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारितामा स्नातकोत्तर गर्दै गरेका पत्रकार सुरज प्याकुरेल खोजी पत्रकारितामा रुची राख्छन् । उनले कानुनमा पनि स्नातक (एलएलबि) गरेका छन् । अनलाइन, टेलिभिजन र रेडियोका पाठक, दर्शक र स्रोताले उनलाई खोजीमूलक कार्यक्रममा रुची राख्ने पत्रकारका रुपमा नै चिनेका छन् । खोजमुलक आर्थिक पत्रकारितामा आफ्नो छुट्टै नाम बनाउन सफल प्याकुरेलले आफ्नो पत्रकारिता यात्रा देशप्रेम साप्ताहिकबाट सुरु गरेका थिए ।

विभिन्न अनलाइन पत्रिकामा कार्यानुभव भएका प्याकुरेलले रातोपाटी डटकम र जनआह्वान साप्ताहिकमा आर्थिक ‘बिट’मा काम गरेका छन् भने पहिलोन्यूज डटकम मा आर्थिक ब्युरो प्रमूख र नेप्लिज टाइम्स मासिकमा प्रबन्ध सम्पादक भएर स्थापनाकालदेखि काम गरेका थिए । ऊनी हाल अर्थ सरोकार डटकम मा प्रधान सम्पादक छन् ।

सन् २०१२ देखि २०१४ सम्म सगरमाथा टेलिभिजन र सन् २०१४ देखि २०१६ सम्म न्यूज २४ टेलिभिजनमा चार्टड एकाउन्टेन्सी सम्बन्धि नेपालको पहिलो र एकमात्र कार्यक्रम ‘सिए सरोकार’का कार्यक्रम निर्माता तथा प्रस्तोता भएर काम गरेका प्याकुरेलले टिभी टुडे टेलिभिजनमासमेत करिव ३ बर्ष ‘अर्थ सरोकार’ टेलिभिजन कार्यक्रमका प्रस्तोता / निर्माता भएर काम गरेका छन् । अहिले पनि अर्थ सरोकार डटकमले उत्पादन गर्ने अनुसन्धानात्मक टेलिभिजन कार्यक्रम ‘अर्थ सरोकार’का निर्माता / प्रस्तोता पनि उनै हुन् । सम्पादक प्याकुरेलले पत्रकारिता सिकिरहेका विद्यार्थीहरुलाई तालिमसमेत दिने गरेका छन् । हाल काठमाडौँ र मोफसलमा गरी उनले दर्जनौं तालिमहरुमा ‘ट्रेनर’का रुपमा तालिम दिइसकेका छन् ।
प्याकुरेल हाल शुभम् मिडिया प्रालिमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन् । सिए क्षेत्रमा ‘फुल बिट’ पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुई पटक सम्मानित भईसकेका छन् भने सन् २०१९मा उनी ‘सिए पत्रकारिता सम्मान’बाटसमेत सम्मानित भइसकेका छन् । उनीसँग इमेलमा [email protected] र मोबाइलमा ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal