×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Advertise with Artha Sarokar

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Advertise with Artha Sarokar

१२ श्रावण २०७४, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

१. अर्थ सरोकारमा नै विज्ञापन किन ?
नेपाली बजारमा आफ्ना उत्पादन वा सेवाको पहुँच पुर्याउने हो भने हामी उत्तम बिकल्प बन्न सक्छौं । छोटो सब्दमा भन्नुपर्दा हामी ‘ब्र्यान्डेड’ छौं । गर्वका साथ भन्छौं, ‘आर्थिक अनलाइनहरुमध्ये हामी नेपालको नम्बर वान डिजिटल पत्रिका हौँ ।’ यसमा अरुका पनि दावी नभएका होइनन् । तर हाम्रो दैनिक भिजिटर संख्या, एमेजन डटकमजस्ता अन्तराष्ट्रिय कम्पनीले गरेको एलेक्सा र्यांकीङ र पाठकको अगाध मायाले हामीलाई आर्थिक अनलाइनहरुमध्ये अग्रणी बनाएको छ । यस अलावा टेलिभिजन, रेडियो र अनलाइन तीनै माध्यमबाट दर्शक / स्रोता र पाठकमाझ पुग्ने हामी नेपालको एक मात्र आर्थिक डिजिटल मिडिया हौँ ।


२. अर्थ सरोकारको बिज्ञापन नीति कस्तो छ ?
अर्थ सरोकारका निश्चित विज्ञापन नीतिहरु छन् । अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार डटकममा यी नीतिहरु लागू हुन्छन् । अर्थ सरोकार रेडियो कार्यक्रममा विज्ञापन बज्दैन । यो बिज्ञापनरहित रेडियो कार्यक्रम हो । अर्थ सरोकार डटकममा विज्ञापन प्रकाशन गर्ने कम्पनी / वा फर्म कम्पनी रजिष्ट्रारको कार्यालय, वा आधिकारिक रुपमा नेपाल सरकार अन्तर्गतका कुनै निकायमा दर्ता भएको हुनुपर्नेछ ।  यद्यपी व्यक्तिगत सुचना / शुभकामनाका हकमा भने पहिलो नियम लागु हुने छैन । अर्थ सरोकार डटकममा विज्ञापन गर्दा कम्पनीले भ्याट बिजक जारी गर्नेछ ।

३.अर्थ सरोकारमा भिडियो / अडियो बिज्ञापन पनि बज्छ ?
अडियो बिज्ञापन अर्थ सरोकारमा बज्दैन । अडियो बिज्ञापन राख्ने भनेको रेडियोमा हो । हाम्रो रेडियो कार्यक्रम बिज्ञापनरहित सेवा भएकाले हालका लागि हामी अडियो बिज्ञापन राख्दैनौं । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामी भिडियो बिज्ञापन प्रशारण गर्छौं । तर उक्त बिज्ञापन तोकिएको मापदण्ड अनुसार हुनुपर्छ । अर्थ सरोकार डटकममा एनिमेसन गरिएका वा नगरिएका चित्रित विज्ञापनहरु प्रकाशन हुन्छ ।


४. अर्थ सरोकारमा ‘एडभटेरियल’ सामाग्री प्रकाशित / प्रशारित हुन्छ ?
हुन्छ । तर त्यस्ता सामाग्री प्रकाशन / प्रशारण गर्दा स्पष्ट रुपमा दर्शक / पाठकले देख्ने गरी ‘एडभटेरियल’ लेखिएको हुन्छ । तर विज्ञापनलाई नै समाचारको रुप भने अर्थ सरोकारले दिंदैन । प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहितामा स्पष्ट रुपमा बिज्ञापनलाई समाचारको रुप दिनु हुँदैन भन्ने उल्लेख गरिएको छ ।

६. अर्थ सरोकारमा बिज्ञापन दर कस्तो छ ? विज्ञापन गर्न कसलाई, कसरी सम्पर्क गर्ने ?
हाम्रो निश्चित विज्ञापन दर छ । त्यो दर सस्तो वा महँगो दुवै छैन । तर अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार डटकममा ठाउँ र विज्ञापनको लम्बाई हेरेर विज्ञापनको दर राखिएको छ । विज्ञापन दर प्राप्त गर्न shubhammedia nepal @gmail.com  मा विषयमा Inquiry for Ad Quotation’ विषय राखेर मेल पठाउनु भयो भने अर्थ सरोकारको मार्केटिङ विभागले तपाईंलाई सम्पर्क गर्छ । वा यसका लागि ९८५११८४९९१ मा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।


७. अर्थ सरोकारले तोकेको दरमा  ‘डिस्काउन्ट पोलिसी’ कस्तो छ ? 
बजारमा सामान्यतया भन्ने दर र विज्ञापन राख्ने दरमा ठूलो भिन्नता रहेको पाईन्छ । तर अर्थ सरोकारले त्यो प्रवृतिको अन्त्य गर्ने प्रयास गरिरहेको छ । अर्थ सरोकारले विज्ञापन एजेन्सीको हकमा तोकिएको दरमा १५ प्रतिशत छुट दिन्छ । विज्ञापन राख्नु अगावै रकम भुक्तानी भएमा थप १०% छुट दिन्छ । त्यसभन्दा बढी हाम्रो कुनै प्रकारको छुट दिने नीति छैन ।   ‘एडभटेरियल’ कन्टेन्टमा भने आपसी समझदारीमा छुट प्रदान गर्न सकिन्छ ।

८. अर्थ सरोकारले कस्तो विज्ञापन प्रकाशन / प्रशारण गर्दैन ?
पत्रकार आचारसंहिता विपरितका कन्टेन्टहरु भएमा, तोकिएको फर्म्याटमा नभएमा, वा रोडब्लक एड बाहेक कम्तीमा ६ महिनाभन्दा कम अवधिको लागि रिलिज भएका विज्ञापनहरु अर्थ सरोकारले प्रकाशन / प्रशारण गर्दैन । यस अलावा यसअघि नै अर्थ सरोकार सञ्चालक कम्पनीसँग रकम भुक्तानी गर्न बाँकि भइ कालोसूचीमा परेका कम्पनीहरुबाट रिलिज भएका विज्ञापन अर्थ सरोकारले प्रकाशन / प्रशारण गर्दैन । बिज्ञापन अर्थ सरोकार डटकमको एक मात्र आय स्रोत पक्कै हो । तर बिज्ञापनका नाममा हामी कसैको गलत कामलाई ढाक छोप गर्दैनौं । हामीसँग बिज्ञापनको आडमा जोडिन खोज्ने र बजारमा अनैतिक कार्य गर्न खोज्नेहरुदेखि हामी सचेत छौं । विगतमा हामीले भ्रष्ट कम्पनीको विज्ञापन फिर्ता पठाएका उदाहरणहरु पनि छन् ।

९. अर्थ सरोकारले रिलिज भएका विज्ञापन फिर्ता पठाउन सक्छ ? 
सक्छ । यसअघि हामीले थुप्रै कम्पनीको विज्ञापन फिर्ता पठाएका छौं । बुँदा नम्बर ८ मा इंकित गरिएका मापदण्ड अनुसार पूरा नभएका विज्ञापनहरु हामीले फिर्ता पठाउने गरेका छौं । यो बीचमा हामीले एक पटक चन्द्रागिरि हिल्स लिमिटेडको विज्ञापन फिर्ता पठाएका थियौं । तत्कालीन समयमा कम्पनीले गरिरहेको ठगीका बारे व्यापक जनगुनासो आएपछि हामीले उक्त कम्पनीको विज्ञापन तत्कालका लागि नराख्ने निर्णय गरेका थियौं । हुन त एउटा सञ्चार माध्यमको लागि यो राम्रो कुरा नहुन सक्छ । तर नेपालमा सबैभन्दा बढी विज्ञापन फिर्ता गर्ने सञ्चारमाध्यममध्ये पनि हामी अगाडीनै आउँछौं ।

१०. अर्थ सरोकारमा विज्ञापन राख्ने गरी एकाधिकार कुनै एजेन्सी वा कम्पनीलाई दिइएको छ ?
छैन । हालका लागि हाम्रो मार्केटिङ विभागले नै यो काम गर्छ । यद्यपी अर्थ सरोकार डटकमका कतिपय स्पेसहरु केहि एजेन्सीहरुले खरिद गरेका छन् । अर्थ सरोकार डटकमको मापदण्ड पूरा गरेर त्यो ठाउँमा उनीहरुले नै विज्ञापन राख्छन् ।

११. विज्ञापन कसले डिजाइन गरेर दिनुपर्छ ? वा अर्थ सरोकार आफैंले बनाइदिन्छ ?
विज्ञापनको डिजाइन विज्ञापनदाताले नै पठाउने हो । अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिले डिजाइन त बनाउँछ । तर त्यसको अतिरिक्त शुल्क लाग्छ ।   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: