अर्थ सरोकार (सुदुर)
सुदूरपश्चिममा ६० प्रतिशत खेतमा रोपाइँ गर्न बाँकी, कम गुणस्तरको रासायनिक मल भित्र्याएर रोपाइँ गर्न वाध्य
सुदूरपश्चिम । रोपाइँ गर्न पुग्ने गरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशमा धान बालीको खेती गरिने ६० प्रतिशत जग्गामा अझै धान रोपाइँ हुनसकेको छैन । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा अझै रोपाइँ हुन नसककेको हो । सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको[...]