lumbini Pradesh
लुम्बिनी प्रदेशमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य !

अर्थ सरोकार सम्वाददाता कपिलवस्तु । लुम्बिनी प्रदेश सभाको अधिवेशन, बजेट पारित हुन नसकेपछि अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले बताए । बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल बिहीबार संसद बैठक, छाडेर हिंडेका थिए[...]