×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी प्रदेशमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी प्रदेशमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य !

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

कपिलवस्तु । लुम्बिनी प्रदेश सभाको अधिवेशन, बजेट पारित हुन नसकेपछि अन्त्य गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले बताए ।

बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल बिहीबार संसद बैठक, छाडेर हिंडेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरातमा संसद अधिवेशन नै अन्त्य गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: