
वास्तवमा नेपालको सेरेमोनियल राष्ट्रपतिमा नेम्वाङ सबैभन्दा उपर्युक्त पात्र हुन् । कुनै विवादविना संविधानसभा र संसद सञ्चालन गरेका नेम्वाङको सम्पत्ति भनेकै निस्पक्षता र तथस्टता हो । यद्यपी पार्टी प्रणालीका कारण यसपटक राष्ट्रपतिमा पालो नआउन सक्छ । संविधानसभाबाट कुशलतापूर्वक संविधान जारी गरेको पुरस्कार स्वरुप राष्ट्रपति बनाउनुपर्ने कुरा उठेपनि त्यो कम सम्भावना छ । यस्तो अवस्थामा नेम्वाङ पुन: पार्टीको काममा सक्रिय हुन सक्छन् । साँघु साप्ताहिकमा खबर छ ।
त्यस्तो अवस्थामा एमालेले नेम्वाङलाई कुन जिम्मेवारी दिन्छ होला ? स्रोतका अनुसार नेम्वाङलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्न पार्टीमा कुनै विवाद हुनेछैन । त्यसो त स्थायी समितिमा दुई सदस्य खाली पनि छन् । यो दुईवटा कुर्सीमा नेम्वाङ र लालबाबु पण्डितको सम्भावना रहेको स्रोत बताउँछ ।
पार्टीमा पदाधिकारी खाली नभएकाले नेम्वाङले स्थायी समितति सदस्य र कुनै महत्वपूर्ण विभागको जिम्मेवारी पाउन सक्छन् । सम्भवत: उनी स्थायी कमिटि सदस्य र संसदीय विभागको प्रमुख हुनसक्ने आँकलन गरिएको छ । नेम्वाङ अब एक पटक पार्टी काममा आफ्नो प्रभावकारिता देखाएर कार्यकर्ता पंक्तिमा परिचालित हुन चाहन्छन् । यो संविधानको पक्षमा आदिवासी, जनजाति लगायत विभिन्न समुदायको बीचमा वकालत गर्न पनि उनी देश दौडाहामा हिँड्नेछन् ।