Skip to content
LAXMI SUNRISE BANK

‘१ लाख बढीले शो हेरेको नाइमाको दाबी झुटो’, अफिसियल टिकेटिङ पार्नर खल्ती भन्छ- ‘४० हजार हाराहारी मात्रै दर्शक’ 

अर्थ सरोकार

काठमाडौँ । झुट बोल्न पहिलो संस्करणदेखि नै च्याम्पियन बनेको नाइमाले नाइमा मोबिलिटी एक्स्पोको दोश्रो संस्करणमा पनि झुट बोलेको छ । पहिलो संस्करणमा ३० हजार हाराहारीले एक्स्पो हेर्दा १ लाखले हेरेको दाबी गरेको नाइमाले यसपटक ४० हजारले शो हेर्दा १ लाख ८० हजार भन्दै झुटो बोलेको छ ।
नाइमाको अफिसियल टिकेटिङ पार्टनर खल्तीका प्रतिनिधिले भने ४० हजार हाराहारीमात्रै दर्शकले नाइमा मोबिलिटी एक्स्पो हेरेको दाबी गरेका छन् । ‘४० हजार दर्शक भनेको धेरै नै हो । यसपाली पोहोर भन्दा राम्रो संख्यामा दर्शक आएका छन् । तर १ लाख ८० हजार भनेर किन झुट बोलियो थाहा भएन ।’ खल्तीका प्रतिनिधिले भने, ‘नाइमाले दाबी गरेको संख्या पछि कर तिर्ने बेलामा घातक हुन सक्छ । प्रश्न उठ्न सक्छ । शो सफल देखाउने नाममा यस्तो अस्वाभाविक दाबी नगरिदिएको भए हुन्थ्यो ।’
यसो त अर्थ सरोकारले एक्स्पोको पहिलो दिन नै नाइमा सचिवालयले डेढ लाख बढी दर्शकले शो हेरेको भन्दै विज्ञप्ति तयार गरिसकेको खुलासा गरेको थियो । अन्तत: सोहि कुरा एक्स्पोको अन्तिम दिन पुष्टी भएको छ ।
अव नाइमाले कति टिकट बराबरको कर तिरेको छ भन्ने विषय खोजीको विषय हुनेछ । यसले एक्स्पोमा कतिले टिकट हेरेर भ्रमण गरे भन्ने देखाउनेछ । अघिल्लो पटक पनि नाइमाले कर विवरण बुझाउने बेला ७५ प्रतिशतले फ्रीमा एक्स्पो हेरेको दाबी गरेको थियो । यसपटक के भनेर कर कार्यालयलाई जस्टीफाई गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
अपारदर्शिताको नमुना बनेको नाइमाले एक्स्पोमा कति खर्च भयो र कति आम्दानी भयो भन्ने विवरणसमेत लुकाउने गरेको छ । नाइमाका सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार टाटा, र बिवाईडी लगायत केहिबाहेक अन्यलाई यसपटकको एक्स्पोमा आर्थिक रुपमा घाटा लागेको छ । मिडिया र प्रमोसनका नाममा २ करोड बढी खर्च गरेको नाइमाको सो खर्च पनि अपारदर्शी र आफु खुसी भएको भन्दै नाइमाभित्रैबाट प्रश्न उठेकोसमेत बुझिएको छ ।
एक्स्पोलाई विवादमा तान्न भूमिका खेलेको भन्दै नाइमाले सचिवालयका एक सदस्यलाई हटाउने तयारी गरेकोसमेत नाइमाभित्रकै अर्का एक सचिवालय सदस्यले दाबी गरेका छन् । उनले यसको पुष्टीका लागि केहि समय कुरे पुग्नेसमेत बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK