
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज वार्ता भएको छ । सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको बताइएको छ ।
वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले तराईमा मधेस र थारू समुदायले गरेका आन्दोलनका कारण भारतले नाकाबन्दी नगरेको दाबी गर्नुभयो ।
“भारतले दसँैको बेलामा नाकाबन्दी गर्नु राम्रो होइन, तराईमा हामीले गरेको आन्दोलनका कारण नाकाबन्दी गरेको होइन,” गच्छेदारले भन्नुभयोे – “नाकाबन्दीले दसँैको मुखमा दैनिक उपभोग्य सामानदेखि पेट्रोलियम पदार्थको समेत हाहाकार भएको छ, यो समस्यालाई समाधान गर्न सरकार र सत्ताधारी दलले छिटो पहल गर्नुपर्छ ।”
देशलाई छिटो निकास दिन सरकार र सत्तापक्ष जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताउँदै उहाँले तमलोपा अध्यक्ष ठाकुरसँग मधेसका मुद्दालाई एक बनाएर वार्तामा बस्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । आज अपराह्न चार संसदीय दलको कार्यालयमा हुने मधेसी दलहरुको छलफलले सरकारसँग कसरी प्रस्तुत हुने र वार्तामा कसरी जाने भन्ने निर्णय गर्ने र भोलिदेखि आफूहरु वार्तामा बस्न सक्ने उहाँले बताउनुभयो । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्