×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुलाई ऐन, एभेरेष्टलाई चैन ! एभेरेष्ट कानुन मान्दैन, दादागिरी मात्र देखाउँछ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अरुलाई ऐन, एभेरेष्टलाई चैन ! एभेरेष्ट कानुन मान्दैन, दादागिरी मात्र देखाउँछ

२० जेष्ठ २०७३, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल 

काठमाण्डौ – आफ्ना ग्राहकका विवरण सुटुक्क भारतका गुप्तचरहरु समक्ष पुर्याएको आरोप लागेको एभेरेष्ट बैंकको उक्त प्रकरण सेलाउन नपाउंदै एभेरेष्ट बैंकको दादागिरीले अन्य बैंकको रेमिट्यान्स व्यापारमा प्रभाव परेको तथ्य बाहिर आएको छ । बैंकको दादागिरी र हेपाहा प्रवृतिलेका कारण देशमा रहेका अन्य वाणिज्य बैंकहरुले मोटो रकम घाटा सहनु परिरहेको छ ।  एभेरेष्टले कानुन विपरित रेमिट्यान्सको कारोबार गरिरहँदा अन्य बैंकहरु मर्कामा परेका छन् । 


नियम विपरित कमिसन बाँढ्छ एभेरेष्ट 
भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा नेपालमा संचालन भएको यस बैंकले रेमिटान्स कारोबारको क्रममा दिने कमिसन राष्ट्रबैंकको निर्देशनमा फरेन एक्सचेञ्ज डिलर एशोसिएसन अफ नेपाल (फेडान) ले तोकेभन्दा बढी दिने गरेको कारण एभेरेष्टको कारोबार चम्किएको हो, जुन सरासर नियम विपरित छ । एभेरेष्ट बैंकले यस्तो धन्दा चलाउँदा बिदेशी एजेन्टहरुले एभेरेष्ट बैंकबाट मात्र कारोबार गर्न थालेपछि स्वदेशी लगानीमै खुलेका बैंकहरु मर्कामा परेका छन् । नियमत रेमिट्यान्स कारोबार गर्दा फेडानले तोकेभन्दा बढी कमिसन दिन पाईदैन ।  


एभेरेष्ट कानुन मान्दैन, दादागिरी मात्र देखाउँछ 
फेडानले हरेक दिन विहान १० बजे र दिउँसो २ बजे गरी कुल २ पटक विनिमय डर निर्धारण गर्छ र त्यहि विनिमय दरका आधारमा नेपालमा रेमिट्यान्सको कारोबार हुने गरेको छ । तर नेपाल राष्ट्र बैंकले नै अधिकार दिएर फेडानले निर्धारण गरेको विनिमय दरलाई अटेर गर्दै एभेरेष्ट बैंकले मनलाग्दी रुपमा रेमिट्यान्सको कारोबार गरिरहेको स्रोतको दावी छ । अरु बैंकभन्दा एभरेष्ट बैंकले बढी कमिसन दिएपछि कारोबार गर्नेहरुले यहि बैंकबाट गर्ने गरेको र त्यसको सिधा असर अरु बैंकहरुलाई पुग्ने गेरको स्रोतको भनाइ छ । ‘एभेरेष्टले दादागिरी देखाएको धेरै भइसक्यो । यसबारे नेपाल राष्ट्र बैंकमा उजुरी समेत परेको छ। तर सुनुवाई भएको छैन ।   कानुन भनेको त सबैलाई लाग्नु पर्ने हो । तर यहाँ त मनपरी गर्नेले गरिरहेको छ, हेर्नेले हेरी मात्र रहनु परेको छ ।’ रेमिट्यान्सको कारोबार गर्ने अर्को एक संस्थाका कर्मचारीले भने ।   

नेपाल राष्ट्र बैंकमा दर्जनौं उजुरी, तर सुनुवाई हुँदैन 
यस बिषयमा नेपाल राष्ट्र बैंकमा एभेरेष्ट बैंक विरुद्ध दर्जनौं उजुरी परिसकेको छ । तर यस बिषयमा कुनै पनि सुनुवाई भएको छैन ।  काठमाडौँमा मुख्य कार्यालय भएको एक बैंकका कर्मचारी भन्छन्, ‘एभेरेष्ट बैंकले चाहिं जे गरे पनि हुने कस्तो कानुन हो यो ? एभेरेष्टकै रबैयाले गर्दा निकै समस्या परेको छ । देशको अर्थतन्त्रमा हमात्वपूर्ण योगदान दिएको र बैंकहरुको मुख्य आयस्रोत मध्येको एक रेमिट्यान्स कारोबारमा एभेरेष्टको सिन्डिकेटले धेरै जना प्रभावित बनेका छन् ।’ अर्को एक बाणिज्य बैंकका सीइओ भन्छन्, ‘हामीले यसबारे थुप्रै पटक नेपाल राष्ट्र बैंकलाई जानकारी गराएका छौं । तर यसको सुनुवाई भएको छैन । कि नियम नै नबनाउनु पर्यो ।  बनाएपछि सबैलाई लागु हुनुपर्यो । ‘

यस्तो छ नेपाल राष्ट्र बैंकले दिएको निर्देशन 
नेपाल राष्ट्रबैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले  फेडानले दिएको दर अनुसारनै बैंकहरुले आफ्नो दररेट निर्धारण गर्नुपर्ने भनी स्पष्ट रुपमा उल्लेख गरेको छ । रेमिटान्सको कारोबारका लागि इजाजतपत्र बैंकहरुलाई फेडानले दिएको दरकै आधारमा कारोबार गर्नु भनी २०७१ साल मंसिर र माघमा  परिपत्र गरेको थियो । परिपत्र संख्या ६२९ मा नेपाल राष्ट्रबैंकले ‘विप्रेषण कारोबारलाई व्यवस्थित गर्ने सम्बन्धमा’ भनी क र ख वर्गका बैंक तथा बित्तीय संस्थालाई परिपत्र गरेको थियो जसको २ नम्बर बुँदाको उपबुँदा (ग) मा बैंकले विदेशबाट विप्रेषण संकलन र आफ्ना ग्राहकलाई भुक्तानी गर्दा स्वदेशमा बैंक आफैंले सबैका लागि हुने गरी तोकेको प्रचलित विनिमय दर अनुसार गर्नुपर्नेछ भनी स्पष्ट लेखिएको छ ।  साथै बैंकले जारी गरेको पत्रमा उल्लेखित बुँदा ‘बैंकले विदेशमा प्रदान गरेको विनिमय दर र स्वदेशको कारोबारमा प्रयोग गरेको विनिमय दरको दैनिक विवरण मासिक रुपमा पेश गर्नुपर्नेछ  ।’ केही अस्पष्ट भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले ०७१ माघ २५ गते अर्को पत्र जारी गर्दै फेडानले दिएको दर नै मान्नुपर्ने भनी स्पष्ट निर्देशन दिएको छ  । पत्रसंख्या ६३५ रहेको पछिल्लो निर्देशनमा नेपाल राष्ट्र बैंकले ‘विप्रेषणका लागि प्रयोग गर्ने विनिमय दर फेडानले उपलब्ध गराए अनुसार गर्नु’ भनिएको छ । 


विभागका कार्यकारी निर्देशकनै एभेरेष्टको दादागिरी टुलुटुलु हेर्दै 
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार काम नगरी आफुखुसी मनपरी गर्दै आएको एभेरेष्ट बैंकको दादागिरी नेपाल राष्ट्र बैंक अंतर्गतको विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भने टुलुटुलु हेरिरहेका छन् । उनले आफु कामु कार्यकारी निर्देशक हुँदा विभिन्न बैंकहरुलाई फेडानले तोकेको दरमै काम गर्नु भनी परिपत्र पठाएका थिए । तर अहिले आफु कार्यकारी निर्देशक हुँदा पनि उनले एभेरेष्ट बैंकको दादागिरी टुलुटुलु हेरेर बसीरहेका  छन् । आफैं परिपत्र गर्ने र त्यसको उल्लङ्घन हुँदा पनि केहि नगरी बस्ने उनको यो कार्यलाई पनि शंकाको दृष्टिले हेर्नेहरु पनि छन् । यसबारे उनीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।        


प्रबक्ता नै दिन्छन् राष्ट्र बैंकको सर्कुलर विपरित अभिव्यक्ति 
एभेरेष्ट बैंकले गरिरहेको दादागिरीका सम्बन्धमा नेपाल राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीलाई सोध्दा उनले एभेरेष्टले गरेको काम ठिकै भएको बताएका छन् । ‘एभरेष्ट वा अन्य कुनै बैंकले बढी रेट दियो भनेर अन्य बैंकले गुनासो गर्नुमा कुनै तुक छैन । यो त खुल्ला बजार हो । ’ त्यस्तो भए फेडानकै दर मान्नु भनेर किन नेपाल राष्ट्र बैंकले सर्कुलर गरेको त ?’ भन्ने प्रश्नमा उनले भने,’ यस बिषयमा त मलाई थाहा छैन ।’ 
यस बिषयमा एभेरेष्ट बैंकका  सूचना अधिकृत एके बंशलको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । यता एभेरेष्ट बैंकमा फोन गरी यस बारे बुझ्दा मार्केटिङमा बुझ्नुहोस् भनी फोन ट्रान्सफर गरिएपनि फोन उठेन।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: