×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन यस्तो विभेद ? भविष्य बताउनेलाई एक करोड, भविष्य बनाउनेलाई खाली हात ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

किन यस्तो विभेद ? भविष्य बताउनेलाई एक करोड, भविष्य बनाउनेलाई खाली हात ?

  • सुशान्त सिग्देल 

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेको छ । आदित्यलाइ सरकारले पैसा दियो भन्ने कुरामा मेरो कुनै आपत्ति छैन । तर व्भाविश्य बताउनेलाई सरकारले एक करोड दिंदा भविष्य बनाउने देशका कर्मठ हातहरुलाई सरकारले किन बिर्सियो भन्ने कुराको दुखेसो छ ।  
हो, म मान्छु, आदित्यले गरेका केही ठूला भविष्यवाणी कालान्तरमा सत्य सावित भएका छन् । सुशील कोइरालापछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र २०७२ सालभित्रमा संविधान जारी हुने भविष्यवाणी उनले पहिल्यै गरेका थिए । तर के यहि खुसीमा सरकारले उनलाई पैसा दिएको हो ? होइन भने आदित्य जस्ता कयौं अपांगहरुलाई किन सरकारले राहतका खास प्याकेज ल्याउन सकेको छैन  ? 
यस अघि पनि सुशील कोइरालाको सरकारले गरेको आर्थिक सहयोगमा आदित्यलाई अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा लगेर उपचार गरिएको थियो । तर मैले बुझे र समाचारमा पढे अनुसार  उनको शारीरिक स्वास्थ्यमा खासै सुधार आउन सकेन ।
उसले भनेका धेरै कुरा मिले होलान् ।  तर यहि नाममा के उनी सरकारी ढुकुटीको एक करोड रुपैयाँ सहयोग लागि लायक छन् ?
अब कुरा गरौँ महावीर पुनको जसले धेरैको भविष्य बनाएका छन् । तर खोइ सरकारले उनको वास्ता गरेको ? यस अघि विभिन्न सञ्चारमाध्यममा सरकारले आफुलाई आर्थिक सहयोग गर्ने भनेर थुप्रै पटक झुलाएको अभिव्यक्ति समेत दिएका थिए उनले । खोइ त सरकारको आँखा पुगेको महावीरको वीर काममा ? के देशको यस्तो सम्पत्तिलाई सहयोग गर्नु देशको दायित्व होइन र ?
केहि समयअघि विमान दुर्घटनालाई लिएर पनि उनले आफुले भनेको सरकारले नमान्दा विमान दुर्घटना बह्येको आरोप लगाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले दिएका उपकरण विमनस्थलका अधिकारीले उपयोग नगर्दा विमान दुर्घटना भएको दाबी गरेका थिए । पोखरा र जोमसोम हवाई टावरका कर्मचारीको लापरबाही र निस्क्रियताका कारण तारा एयरको बिमान दुर्घटना भएको दाबी उनको थियो 
पुनले आफूले हवाइ उडानका लागि सहज होस् भनेर ‘वेदर स्टेशन’ र ‘आईपी क्यामेरा’ जडान गरेर कर्मचारीहरुलाई प्रयोग गर्नसमेत सिकाएको तर, त्यसलाई उपयोग नगरिएको आरोप लगाएका थिए ।
अनि यस्तो अनि अरु धेरै महान काम गर्ने महावीरलाई सरकारले किन सहयोग गरेन वा गर्दैन ? आखिर किन ? कस्तो देश हो यो जहाँ भविष्य बताउनेलाई एक करोड र भविष्य बनाउनेलाई सुन्य रकम दिइन्छ ! 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: