
यसै पनि भन्सार र एयरपोर्टलाइ तस्करहरुको अखडानै मानिन्छ । अझ नेपालको एयरपोर्ट, र यसको सुरक्षाबारे बेला बेलामा प्रश्न उठ्नेनै गरेको छ । नउठोस् पनि किन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भौतिक र सुरक्षाको हिसाबले बदनाम हुँदै गएको छ । दिनहुँ तस्करहरुको बिगबिगी बढ्नु, र दिनानुदिन तस्करहरु पक्राउ परेको खबर आउनुले देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल सुरक्षित छैन भन्ने स्पष्ट हुन्छ ।
तस्करीमा एयरपोर्टकै कर्मचारीकै संग्लग्नता !
एयरपोर्टभित्र हुने गरेका तस्करीका घटनामा त्यहाँकै कर्मचारीहरु संलग्न भएको स्रोतको दावी छ । विमानस्थलकै कर्मचारीहरु तस्करीका घटनामा संलग्न भएको भेटिएपनि त्यसलाई विमानस्थलका अधिकारीहरुले गम्भीर रुपमा नलिनुले एयरपोर्ट भित्रको घुसखोरी कतिसम्म छ भन्ने स्पष्ट रुपमा लिन सकिन्छ । स्रोत भन्छ, ‘विमानस्थलको अव्यवस्थापनलाई व्यवस्थित गर्न विमानस्थलका अधिकारीहरुले रुचि नदेखाउनुमा उनीहरुको समेत संलग्नतामा विमानस्थलमा अवैध क्रियाकलापहरु हुँदै आएका छन् ।’
महाप्रवन्धककई मिलेमतोमा तस्करी ! :
यसो त यस अघि पनि विभिन्न कुराहरुमा विवादमा आइरहेका एयरपोर्टका महाप्रबन्ध निर्देशक, तस्करीको घटनामा पनि संग्लग्न छन् । स्रोतका अनुसार विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, ठेकेदार सुवास श्रेष्ठ र विभिन्त्र एयरलाइन्सका मालिकहरुको मिलोमतोमा विमानस्थलबाट तस्करी मौलाउँदै आएको छ । विमानस्थलको सुरक्षा र भौतिक संरचनाको जिम्मा विमानस्थलका अधिकारीहरुले ठेकेदारको हातमा दिदै आएका कारण विमानस्थल पछिल्लो समय अवैध क्रियाकलापको अखडा नै बन्न पुगेको छ ।
कमजोर सुरक्षाका कारण अपराध मौलायो :
एयरपोर्टमा देखिएको कमजोर सुरक्षाले पनि नेपालमा अपराध मौलाईरहेको स्पष्ट हुन्छ । खासगरी विमानस्थल सुरक्षाशाखासंग सम्बद्ध रहेका विमानस्थलका कर्मचारीहरुले मिलोमतोमा विभिन्त्र एयरलाइन्सका मालिकहरु, होटल व्यवसायसंग सम्बद्ध व्यक्तिहरुलाई पास वितरण गर्दै आएका कारण विमानस्थलको अति सम्बेदनशील ठाउँमा समेत जो कोही सजिलैसंग पुग्ने गरेका छन् । यसअघि सुरक्षा पास वितरणको काममा पनि अनियमितता भएको खुलेको थियो । विमानस्थलका अधिकारीसंगको मिलोमतोमा तस्करहरुले एयरर्पोटलाई आफ्नो प्रमुख नाका बनाउनाले नेपालको एयरपोर्टको सुरक्षा स्थिति कमजोर भएको सरोकारवालाहरुको भनाइ छ ।
ठेकदारीमा पनि मनोमानी :
ठेकेदारीलाई लिएर पनि एयरपोर्ट भित्र मनोमानी चल्ने गरेको छ । विमानस्थलका अधिकारीहरुले ठेकेदारहरुलाई मनोमानी गर्न छुट् दिदै आएका घटनाहरु पटक पटक बाहिर आउने गरेका छन् । ठेकेदारहरुको जिम्मामा विमानस्थलको सुरक्षा व्यवस्था छोडिदिएका कारण पनि विमानस्थल पछिल्लो समय बढी असुरक्षित मात्रै होइन, तस्करहरुका लागि सुवर्णद्धार बन्न पुगेको हो । केही दिन अघि नेपाल एयरलाइन्सका कर्मचारी डलर तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्, भने त्यसको चारदिन अघि मात्रै विमानस्थलकै अर्का कर्मचारी भरत सञ्जेललाई पनि प्रहरीले डलर तस्करी गरिरहेको अवस्थामा उनलाई प्रहरीले आठ हजार डलर सहित पक्राउ गरेको थियो ।
चोरीमा एयरपोर्टकै कर्मचारी संग्लग्न :
विमानस्थलमा सामानहरु हराउने कुरा पनि नौलो होइन। विमानस्थलका कर्मचारीहरुबाट तस्करीहरुमात्रै होइन, यात्रूहरुका लगेज चोरीमा समेत विमानस्थलमा कार्यरत कर्मचारीहरुकै हात रहने गरेको खुल्न आएको छ । नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्ट चार हजार चार सय ५० अमेरिकन डलर सहित पक्राउ परेका थिए । त्यसको चारदिन अघि डलर तस्करी गरिरहेकै अवस्थामा सञ्जेल आठ हजार डलर सहित पक्राउ परेका थिए । एक पछि अर्को विमानस्थलका कर्मचारीहरु डलर तस्करीमा पक्राउ पर्नुले विमानस्थलमा संगठितरुपमा नै कर्मचारीहरुबाट तस्करी हुँदै आएको देखिन थालेको छ । त्यतिमात्रै होइन, विमानस्थलका अधिकारीहरुको कमिसन मोहका कारण पासको दुरुप्रयोग हुँदै आएका कारण पनि विमानस्थल असुरक्षित बन्न पुगेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्