
काठमाडौँ – रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलिएको समाचार सार्वजनिक भएको एक बर्षसम्म पनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक चुप लागेर बसेको भन्ने आरोप लागिरहेका बेला नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले उजुरी परेको खण्डमा नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा जनतासँग बेइमानी गर्ने बैंकलाई कारवाही गरेरै छोड्ने बताएका छन् ।
यसरी सुरु भएको थियो ३६ करोड़ पचाउने खेल :
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलेका थिए । उनीहरूले राष्ट्र बैंकले मर्जरको क्रममा रहेका वित्तीय संस्थाहरूको खराब ऋण तथा अन्य खराब अवस्थाको विषयमा केही लचक नीति अपनाउने बुझेर त्यस्तो प्रावधानको दुरूपयोग गर्दै मर्जरको एक दिनअघि अन्य बैंकका प्रतिनिधिलाई समेत हात लिएर ३६ करोडको ऋण स्वीकृत गराउने काम गरेका थिए ।
त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलाई ‘कु’ गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलाई समेत लखेट्ने योजना बनाइएको थियो । अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा विष्णु धिताल पुगेका छन् । धिताल रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र हुन् ।
यो पनि पढ्नुहोस् :
के पचाइएकै हो त एपेक्स डेभलपमेन्ट बैंकको ३६ करोड ? (फलोअप नम्बर. १)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्