Skip to content
LAXMI SUNRISE BANK

एपेक्स घोटाला प्रकरणबारे राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘उजुरी परे, छानविन गर्छौं’ (फलोअप नम्बर. २)

अर्थ सरोकार

काठमाडौँ – रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलिएको समाचार सार्वजनिक भएको एक बर्षसम्म पनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक चुप लागेर बसेको भन्ने आरोप लागिरहेका बेला नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले उजुरी परेको खण्डमा नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा जनतासँग बेइमानी गर्ने बैंकलाई कारवाही गरेरै छोड्ने बताएका छन् । 


‘यस बिषयमा नेपाल राष्ट्र बैंकमा कुनै पनि उजुरी परेको छैन ।  उजुरी पर्ने बित्तिकै हामी सम्बन्धित बैंकमा के कसो भएको हो भन्ने बुझ्न हाम्रो टोली पठाउंछौं ।  एपेक्सको हकमा अहिलेसम्म ३६ करोड घोटालालाई लिएर उजुरी परेको छैन ।  उजुरी पर्ने बित्तिकै हामी प्रक्रिया अगाडी बढाउँछौं । ‘ नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले अर्थ सरोकारसँग भने ।
मर्जर भयो भन्दैमा उन्मुक्ति हुन्न : पंगेनी  
मर्जरका नाममा जनताको पैसा ‘झ्वाम्’ पार्ने खेलमा एपेक्स लागेको छ नि ? भन्ने हाम्रो प्रश्नमा पंगेनी भन्छन्, ‘मर्जरका नाममा कसैले पनि उन्मुक्ति पाउंदैन । पहिला उजुरी पर्नु पर्यो ।  हामी छानविन गर्छौं । एपेक्सले गलत गरेको छ भने उसले कुनै पनि उन्मुक्ति पाउने कुरानै हुँदैन । तर नेपाल राष्ट्र बैंकका आ-आफ्नै प्रक्रियाहरु छन् । कारवाही गर्नलाई पहिला उजुरी पर्नुपर्यो ।
एपेक्सका कर्मचारीले फोन उठाएन्:
यस बिषयमा बुझ्न अर्थ सरोकारले एपेक्स डेवलोपमेन्ट बैंकमा बुझ्न खोजेको थियो । तर हामीले बैंकले गरेको घोटाला बारे बुझ्न चाहेको र यस बिषयमा बैंकका प्रवक्तासँग कुरा गराईदिनुहोस भन्ने अनुरोध गर्दा फोन काटियो । त्यसपछि निरन्तर एपेक्सको फोन उठेन । यस बिषयमा बैंकका सम्बन्धित कर्मचारीसँग प्रतिकृया लिने हाम्रो प्रयास जारी छ ।

यसरी सुरु भएको  थियो ३६ करोड़ पचाउने खेल :
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलेका थिए । उनीहरूले राष्ट्र बैंकले मर्जरको क्रममा रहेका वित्तीय संस्थाहरूको खराब ऋण तथा अन्य खराब अवस्थाको विषयमा केही लचक नीति अपनाउने बुझेर त्यस्तो प्रावधानको दुरूपयोग गर्दै मर्जरको एक दिनअघि अन्य बैंकका प्रतिनिधिलाई समेत हात लिएर ३६ करोडको ऋण स्वीकृत गराउने काम गरेका थिए ।

त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलाई ‘कु’ गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलाई समेत लखेट्ने योजना बनाइएको थियो । अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा विष्णु धिताल पुगेका छन् । धिताल रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र हुन् ।


यो  पनि  पढ्नुहोस्  :
के पचाइएकै हो त एपेक्स डेभलपमेन्ट बैंकको ३६ करोड ? (फलोअप नम्बर. १)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK