- भूपेन्द्र आचार्य

बजारमा प्रकाशन हुने पुराना दर्जनौ पत्रिकामा काम गर्ने दर्जनौ हकरले अहिले प्रकाशक र सम्पादक भएर पत्रिका पोलीस्टरमा ५० कपी प्रकाशन गरि ठगी गरिरहेका छन् । भने कतिपयले त नेपाल प्रेस काउन्सीलकै मूल्याकनमा पारी सरकारी प्रसा दिएै चुलो बालेको अवस्था पनि छ । एक बैंकले भनेः– हकर पत्रकार र पत्रिकाले दिनै हामी र हाम्रा स्ताफलाई फोन गरेर धम्की दिन्छन् । “विज्ञापन नदिए देखी दिने” यो कहिले सम्म सहने? पूराना साप्ताहिक र चर्चित साप्ताहिकमा दिएको विज्ञापनको कपी नै लिएर आएर धम्क्याउन थालेका छन् ती बैंकरले प्रस्टै शब्दमा भने ८ कक्षा पास नगरेका क्ीऋ फेल भएका दर्जनौ ब्यक्तिहरुले अहिले “हकर साप्ताहिक” प्रकाशन गरेर बैंक वित्तिय संस्था र सरकारी अफिसमै विज्ञापन आतंक शुरु गरेको खुलासा भएको छ ।
केही सरकारी जागिरेहरुले समेत सम्पादक÷प्रकाशक भएर पत्रिका प्रकाशन गरेका छन् । नेपालको कानुन अनुसार सरकारी कर्मचारीले पत्रिका प्रकाशन गर्न पाइदैन । केही हकर पत्रकारहरुले दर्जनौ बैंकमा देशान्तर, साँधु, जनआस्था, राजतिलक, दृष्टि, अभियान, बुधवार, घटना विचार, विमर्श, नेपाल साप्ताहिकमा प्रकाशन भएका विज्ञापनका कपी लिएर पुगे र धम्की दिदै हिडेको एक बैंकरले बताए । यस्तै भए हामी प्रहरी मार्फत खबर गनेए पक्षमा छौं । उनीले प्रस्ट पारे । हकर प्रधान सम्पादक र प्रकाशकहरुको विज्ञापन आतंकले अहिले विज्ञापन वजार आतंकित भएको भेटिएको छ ।
बैंक र सरकारी अफिसमा पुगी विज्ञापन माग्ने र धम्काउने हकर पत्रकारहरुको खोजी हामीले शुरु गरेका छौं । यस्ता हकर पत्रकारका सम्बन्धमा नेपाल प्रेस काउन्सील। सूचना विभाग र नेपाल पत्रकार महासंघले एउटा नीति बनाएर छानबिन गर्नु जरुरी भै सकेको छ । प्रत्येक हकर अहिले प्रकाशन र प्रधान सम्पादकको कार्ड भिरेर हिडेका छन् । र भन्दै छन् ती पूराना सबै पत्रिकाहरु ठग हुन ।हामीलाई विज्ञापन दिनुहोस नत्र हामी लेखीदिन्छौं । जसलाई पत्रकारिताको ‘प’ पनि थाहाँ छैन यो कस्तो अच्चम हो ।