×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

असार मसान्त, मन असान्त !

    • सुमन चौधरी 

    आज क्यालेन्डरले असार ३१ गते हो भन्छ । आर्थिक क्षेत्रमा निकै महत्वपूर्ण दिन । आर्थिक बर्षको अन्त्य र

    कमाइको हिसावकिताव गर्ने अन्तिम दिन । मन अशान्त हुनेनै भयो । कति कमाइयो कति कमाइएन ।  कति कमाउने सोच थियो, कति पुगेन अनि यस्तै यस्तै ।

    हिसावकिताव गर्दै जाँदा सोचेजस्तो नाफा नभेटीदा मन त्यतिकै अशान्त हुन्छ । देशमा पैसाको ‘फ्लो’ घटेको छ । काम छैन । काम भएपनि दाम छैन । दाम भएपनि बढी छैन । बाँच्न गाह्रो छ । देशको अर्थतन्त्र डामाडोल छ। शेयर बजारमा उताढ़चडाप छ । शेयर बजार पारी पुगेपनि आफु वारी नै छु ।
    अव त कम्पनीको लेखापरिक्षण गराउनु छ । थोरै कमाएको पनि सरकारलाइ कर बुझाउनु छ । अनि अरु के के हो के के, मन अशान्त छ ।
    नयाँ योजनाहरु बन्दैछन् । तर अर्को असार मसान्त नआउन्जेल केके हुने हो त्यो पनि हेर्न बाँकी नै छ । जिन्दगी पुरै योजनाहरुको पोको मात्र हुने डर छ । न कसैको आश, न कसैको भर छ ।  तै पनि चलिरहेको नै छ जिन्दगी । चलिरहन्छ पनि ।  
    म मात्र होइन सबैको स्थिति त्यस्तै छ।  साना व्यापारदेखि ठुला व्यापार गर्नेहरुसम्म सबैको हालत त्यहि नै छ । पैसा छ कोहि भन्दैनन् ।  कमाइ राम्रो भो कोहि भन्दैनन् । बेहाल छ सबैको । हिसाव गर्दा झन् तनाव छ । नाफाको मुहुर्त रुप छैन ।
    अडिटर साथीहरुलाई पनि तनाव छ । सबै कुरा साउनमा सक्काउने दवाव छ, सक्काउन सम्भव छैन । बैंकरहरुलाई उस्तै तनाव छ । व्यापार गर्न खोज्नेहरुलाई तनाव छ । व्यापार गर्नेहरुलाई तनाव छ । अहँ कसैको मन शान्त छैन । असार मसान्तमा सबैको मन असान्त छ ।
    हरेक बर्ष गर्ने त्यहि आश नै हो । यसपाली पनि गरौँ । अर्को असार मसान्तमा छुट्टै खालको तनाव लिन पाइयोस् । अशान्त मन भित्रको शान्तिलाइ महसुस गर्न पाइयोस् । 
    सबैलाई नयाँ आर्थिक बर्षको शुभकामना !                               
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: