×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा नक्कली अडिटरको बिगबिगी ! ५० रुपैयाँमै बन्छ अडिट रिपोर्ट !

PRIME CA

बजारमा नक्कली अडिटरको बिगबिगी ! ५० रुपैयाँमै बन्छ अडिट रिपोर्ट !

३ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – हाम्रो बजार डटकम कतिको हेर्नुहुन्छ ? पूराना मोबाइल, ल्याबटप लगायतका सामान किन्नु पर्यो भने अवश्य हेर्नुहुन्छ होला । अर्को कुरा तपाईंलाई नेपालमा आइक्यानले तोकेको लेखापरिक्षण शुल्कबारे पनि थाहा होला । तर हाम्रो बजार डटकममा एउटा बिज्ञापन राखिएको छ, जहाँ ५० रुपैयाँमा अडिट रिपोर्ट तयार हुने उल्लेख गरिएको छ ।   
एक पटक हाम्रो बजार डटकमबाट लिइएको यो स्क्रिनशट हेर्नुहोस् :
यहाँ स्पष्टसँग अडिट रिपोर्ट चाहिएमा सम्पर्क गर्नुभनी नम्बर पनि दिइएको छ ।  र उक्त रिपोर्ट ५० रुपैयाँमा बन्छ भन्ने पनि उल्लेख गरिएको छ । उक्त काम डीबि घिमिरे अडिट एण्ड ट्याक्स कन्सल्टेन्सी नामक संस्थाले गर्ने भन्ने पनि उल्लेख छ ।
जवकी यो बिज्ञापनमा विभिन्न नियमहरु तोडिएको छ । एक त यसरी लेखापरिक्षण गर्ने कार्यको बिज्ञापन गर्न पाईदैन । अर्को काम गर्ने कम्पनीको नाम जे छ, त्यसरी कम्पनीको नाम राख्न पनि पाईदैन । अर्को कुरा आइक्यानको नियम अनुसार ५० रुपैयाँमा कुनै पनि निकाय वा संथाको लेखापरिक्षण गर्न मिल्दैन ।
आइक्यान आफैं कमजोर हुँदा यस्ता कामहरुले प्रसय पाइरहेका छन् । यस अघि आइक्यानले एक सार्वजनिक सुचना जारी गर्दै कन्सलटेन्सी हरुलाई लेखापरिक्षण गरिन्छ भनी बिज्ञापन नगर्न सचेत गराएको भएपनि यस्ता नक्कली अडिटरहरुलाई आइक्यानले केहि पनि गर्न सकेको छैन ।
एक ग्राहक बनी उक्त नम्बरमा फोन गर्दा बिज्ञापनदाताले आफुले लेखापरिक्षण लगायतका सबै काम गर्ने बताएका छन् ।   साथै उनले आफुहरुले गरेको सबै काम सक्कली हुने समेत दावी गरे । अनि अडिट रिपोर्ट बनाएको कति पैसा पर्छ भन्ने प्रश्नमा उनले भने, ‘अफिस आउनुहोस्, मिलाएर गरिदिउँला ।’ – अर्थ सरोकार डटकममा खबर छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: