
काठमाडौँ – सामाजिक सञ्जाल फेसबुकमा बुधबार दुई तस्बिर सार्वजनिक भए । एउटा, जो भैरहवा नाकाबाट भारतमा किनमेल गर्न गएका युवक काटिए । अर्को सिरहाकी बबिताकुमारी महतो, जो सशस्त्र प्रहरी बलमा कार्यरत छिन्, बुधबार नै भएको उच्चमाध्यमिक शिक्षाको कक्षा १२ को परीक्षाफलमा उत्तीर्ण भइन् ।
दिलीप सिंहले फेसबुकमा राखेको यो खुशीको स्ट्याटस १७ घण्टामा दुईसय १० भन्दा शेयर भएको छ । धेरैले यो तस्बिर तानेर आफ्नै शैली र शब्दमा बधाई दिएका छन् । चिन्दैनचिनेको पहाडी छाला भएको समाजले बबिताले फौजी जीवन र पढाइ सफलतातिर लगेकीमा यसरी बधाई दिइरहँदा बबिताकै थरधारी राजेन्द्र महतोको इशारामा भैरहवा नाकामा दशैँको किनमेल गर्न गएका युवा निबुवा चिरिए झैँ चिरेर फालिए । उनको रक्तमुछेल तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहँदा वीरगन्जमा एम्बुलेन्स पनि जलाइएको छ । जसलाई आरोप लगाइएको छ, ‘औषधि तस्करी ।’
डा. सिके राउतहरुलाई विखण्डनकारी भन्ने समाज हो यो । राजेन्द्र महतोको नागरिकता परीक्षण गर्नुपर्छ भन्ने मुलुक हो यो । अनि काठमाडौँमा आलिशान महल बनाएर अंगीकृत नागरिकताबाट सत्ताको चास्नीमा चुर्लुम्म डुबेका महतोहरुले काठमाडौँको दानापानी बन्द गराउँछु भन्दा पनि सहेर बबिता महतो १२ कक्षा पास हुँदा खुशी हुने पहाडी रगत हो यो ।
भारतीय नाकामा महतोकै इशारामा युवा काटिँदा भन्दा वीरगन्जमा औषधि बोकेको एम्बुलेन्स जलाइँदा आक्रोशित छन् सबै । फेसबुकमा राजेन्द्र महतोलाई देशद्रोही र भारतीय दलाल भनेर आलोचना भइरहँदा बबिता महतोको खुशी शेयर गर्न आतुर पहाडी काँचो त्वचा र खुशीको रक्तसञ्चार गरिरहँदा राजेन्द्र महतो तिम्रो गाउँको महतोको छोरीले प्लस टु् पास गर्दा तिमीले फेसबुकमा बधाई कहिले लेख्छौ ?
अहिलेसम्म बबितालाई राजेन्द्र महतोको शुभकाना र बधाई छैन । यही सामाजिक सञ्जालमा पहाडीहरु भने राजेन्द्र महतो बदमास राजनीतिलाई खबरदारी र बबिताकुमारी महतोको उन्नतिमा छोरीको प्रगति भनेर तारिफदारी गरिरहेका छन् । कहिले सिक्लान राजेन्द्र महतोले सद्भाव र मेलमिलाप ?


सामाजिक सञ्जालमा भेटिएको राजेन्द्र महतो तस्बिर ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्