×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेनाले यसरी तुहायो गृहको ‘ग्रयाण्ड’ योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेनाले यसरी तुहायो गृहको ‘ग्रयाण्ड’ योजना

Artha Sarokar

४ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाली सेनाका कारण गृहमन्त्रालयले ३ वटा हेलिकोप्टर खरिद गर्ने प्रस्ताव तुहिएको छ । विपत् व्यवस्थापनका लागि अति आवश्यक रहेको भन्दै मन्त्रालयको प्रस्तावित बजेटमा केही रकम थपेर हेलिकोप्टर खरिद गर्ने प्रस्ताव थियो । नेपाली सेनाका कारण त्यो अलपत्र परेको स्रोतले जनाएको । सेनाले अहिले एक्लौटी रूपमा उद्धार र भाडामा आफ्ना हेलिकोप्टर चलाउँदै आएको छ । प्रतिघन्टा ९० हजारमा सेनाले हेलिकोप्टर भाडामा लगाउने गरेको छ ।  एकलौटी रहेको व्यापार घट्ने भएपछि मन्त्रालयको हेलिकोप्टर किन्ने प्रस्तावलाई तुहाइएको स्रोतले जनाएको छ । 
मन्त्रालय स्रोतका अनुसार हेलिकोप्टर खरिदका लागि आवश्यक बजेटको माग गर्दे मन्त्रालयले स्वीकृतका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाए पनि अर्थले स्वीकृति दिएको छैन । सेनाले हेलिकोप्टर खरिद गर्न अनुमति पाइसक्दा पनि गृहको प्रस्ताव भने अलपत्र परेको छ । विपत् व्यवस्थापनको नेतृत्व गरिरहेको मन्त्रालयले कम्तीमा ३ वटा एमआई १७ हेलिकोप्टर किन्ने प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । 
मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा सोसम्बन्धी प्रस्ताव गएको अर्थले बजेट अभाव जनाएको दाबी गरे । ‘हामीले मन्त्रालयलाई छुट्याएको बजेटमै किन्न प्रस्ताव गरेका छौँ तर अर्थले स्वीकृत गरेको छैन’, स्रोतले भन्यो । 
गत वर्ष भूकम्पपीडितको उद्धार र प्रभावित क्षेत्रमा राहत पु¥याउने कामको नेतृत्व गरिरहेको गृहमन्त्रालयले ती काम गर्न हेलिकोप्टरको अभाव महसुस भएको जनाउँदै भविष्यका निम्ति कम्तीमा ५ वटा क्षेत्रमा एक–एक हेलिकोप्टर तैनाथ गर्न व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । गत वर्ष पाँचवटा भने पनि अहिलेको बजेटलाई सदुपयोग गर्दै कम्तीमा तीनवटा हेलिकोप्टर चाहिने अडानमा मन्त्रालय रहेको छ । 
वर्षामा बाढी, पहिरो हिउँदमा आगलागी तथा अन्य प्राकृतिक प्रकोपमा उद्धारका निम्ति खटिन पनि हेलिकोप्टरको महसुस भएको मन्त्रालयले जनाएको छ । नेपाल जस्तो भौगोलिक विकटता र बसोबास रहेको मुलुकमा प्राकृतिक विपत्तिका बेला उद्धार र राहतका निम्ति हेलिकोप्टर निकै प्रभावकारी हुने मन्त्रालयका अधिकारीको दाबी छ । गत वैशाख ११ को भूकम्पको सामना जेनतेन गरेको गृहमन्त्रालयले यो वर्ष जसरी पनि हेलिकोप्टर किन्न प्रस्ताव गरेको थियो । 
प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले लगातार गृहमन्त्रालयसँग हेलिकोप्टरको माग गर्ने गरेको पाइन्छ, तर गृहलाई भनेको समयमा हेलिकोप्टर पठाउन सकस परिरहेको देखिन्छ । ५ वटा किन्न असम्भव देखिएपछि एउटा धनगढी अर्को विराटनगर र तेस्रोचाहिँ काठमाडौंमा रहनेगरी तीनवटाको मात्रै प्रस्ताव गरिएको हो । 
एमआई १७ जस्ता ठूला हेलिकोप्टरहरू भएमा मन्त्रालयलाई विपत्को बेला राहत पु¥याउन सहज हुन्छ, तर त्यो नभइरहेको हुँदा हेलिकोप्टरको कमी महसुस भइराखेको मन्त्रालयका अधिकारीले जनाएका छन् । ‘यही बजेटमा खरिद गर्ने कुरा भएको छ, प्रस्ताव अर्थमा पठाइएको छ, अर्थ बजेट छैन भन्दै आएकाले यसलाई केही थप व्यवस्था गर्न अनुरोध गरिरहेका छाँै’, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार सेनाले गम्भीर असहमति राखेपछि मन्त्रालयको सो प्रस्ताव रोकिएको हो । 
भूकम्पपीडितको उद्धारका लागि आएको अमेरिकी हेलिकोप्टर अचानक हराएर दुर्घटनामा परेको अमेरिकी सेनाको हेलिकोप्टरको खोजी कार्यमा नेपाली सेनाका केहि हेलिकोप्टर केन्द्रित हुनु पर्दा गृहमन्त्रालयलाई थप अभाव खड्किएको थियो । सरकारी हेलिकोप्टर नेपाली सेनासँग मात्र छ र निजी हेलिकोप्टर भाडामा लिने प्रक्रिया लामो भएपछि मन्त्रालयले त्यतिबेलै अभावलाई पूर्ति गर्ने जनाएको थियो । सरकारी ध्यान राहत तथा उद्धारमा खटिनुपरेकाले मन्त्रालयले तत्कालै हेलिकोप्टर खरिद गर्ने प्रस्तावलाई स्थगित गरेको थियो । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी