×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माफ गर्नुहोला, तर हिमालाय टेलिभिजनलाई एक पटक ‘थु’ भन्न मन लाग्यो !

PRIME CA

माफ गर्नुहोला, तर हिमालाय टेलिभिजनलाई एक पटक ‘थु’ भन्न मन लाग्यो !

२६ असार २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


  • पितृ आचार्य 

हिमालयन टेलिभिजनबाट प्रसारित कार्यक्रम हेरेर, कार्यक्रम प्रस्तोतालाई केहि भन्न मन लाग्यो । म पनि प्राइम सिएकै विद्यार्थी हुँ र प्राइम के हो मलाइ थाहा छ । झुट बोल्नुको पनि सीमा हुन्छ । बिगतमा समाचार बेचेर पैसा कमाउने धन्दामा लागेको हिमालयको असली अनुसार सबैलाई थाहा छ । प्राइममा पैसा छ भन्ने कसैले गरिदिएको उक्साहटमा कसैको लागौंटि बनेर किन लाग्दैछ हिमालाय भन्ने पनि सबैलाई थाहा छ । अरुको फुटेज चोरी गरेर फुर्ती लाउने चोरहरुलाई के भन्नु र ?
खै के खान्छौ कुन्नि थाहा छैन, तर जनता प्रति जवाफदेहि हुनेले यस्तो गर्छ जस्तो लाग्दैन ! सम्बोधन गर्न लायक त छैनौ तिमी तर पनि एउटा पत्रकार भएर पैसामा बिकेर कसैको खेताला बनेर भुक्यौ । भलै समाचार भन्नुभन्दा पहिले सहि / गलत पत्ता लगाउने खुबी रहेनछ तिमीमा । नेपालका प्रतिष्ठित बैंक,फाइनान्स,एनजीओमा गएर हेर सबै प्राइम सिएकै सिएहरु छन् ।
हुन त प्रस्तोताले केहि पनि बुझेका छैनन् । बुझेका भए त्यस्तो रिपोर्ट आउंदैनथियो ।  प्रसङ्ग आयो शुल्कको कोहि विधार्थी गुणस्तरीय शिक्षाको लागि अलिअलि बढी तिर्न तयार छ भने यी पत्रकारलाइ के को टाउको दुखाइ हो भन्ने पनि सबैले बुझेका छन् । समाचार बेचेर खाना पल्किनेहरु यस्तै हुन् भन्ने सबैलाई थाहा छ । टेलिभिजनले कति महिनामा कति तलव दिन्छ भन्ने पनि सबैलाई थाहा छ । सायद मानो नपुगेपछिको आक्रोश हुनुपर्छ । 
तिमीले भुकेको थियौ बाध्य गरिन्छ, त्यो सबै झुट हो । साथै संचालकले नैतिकता घरमा राखेर प्राइम जान्छन् भनिरहदा तिमिलाइ राम्रो उत्तर भन्न मन लाग्यो, ‘तिमि पत्रकारिताको खोल ओढेर पैसाको खेतीमा भ्रामक समाचार सम्प्रेषण गर्नेले नैतिकताको दुरुपयोग गर्यौ कि ? आजको दिनमा दिनरात खटेर बजारमा कर्मठ लेखा व्यवसायी उत्पादन गर्नेले कसरी नैतिकताको दुरुपयोग गर्यो ?
हुन त तुक नभएकाहरुसँग के बहस गर्नु ? तर पनि छोड तिम्रो पित पत्रकारिता ! नत्र एक दिन तिम्रो यो कुकर्मको सजाय एकदिन अवश्य पाउनेछौ । अरु त के भन्नु ! माफ गर्नुहोला तर हिमालाय टेलिभिजनलाइ एकपटक ‘थु’ भन्न मन लाग्यो ।   
  • लेखक प्राइम सिएका पूर्व विद्यार्थी हुन् । उनी अहिले अमेरिकामा छन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: