×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केसीमाथि छानवीन गर । #IamNOTwithDrKc

PRIME CA

केसीमाथि छानवीन गर । #IamNOTwithDrKc

५ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • भुपेन्द्र आचार्य 

स्वास्थ्यमा माफियाहरुका एजेन्ट एवं प्रचार प्रचार का पारखी डा. गोविन्द केसीको बारेमा अब अनुसन्धान गर्नुपर्ने बेला आएको छ । डा केसी आफैँमा नराम्रा मान्छे होइनन् तर उनीलाई अनसन बसाई फाइदा लिने स्वास्थ माफियाहरुले अहिले फेरि स्वास्थ क्षेत्र तहसनहस बनाउने काम शुरु गरेका छन् यो तत्कालै बन्दहुनु जरुरीछ ।
फटक पटक आमरण अनसन अनसन गर्ने र आफ्नो स्वार्थ पुष्टि भएपछि फिर्ता लिने डा.केसी माथि नै अब छानवीन गर्ने बेला भएको छ । अहिले दजर्नौ डाक्टरको सर्टिफिकेट नक्कली फेला परेको छ । अदालतमा मुद्दा परेको छ । यसै पनि स्वास्थ्य क्षेत्रमा नेपाली जनता त्रसित भइरहेको बेला डा. केसीले अनसन बस्नुलाई कसरी लिने ?
अनसन बसेका डा.केसीले भनेका छन् रे अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाई हटाउनु पर्दछ । उनीले नै माफीयालाई बचाएका छन भनी यो आफैँमा आश्चर्यजन छ । डा.केसी नै माफियाका एजेन्ट हुन ।
मेडिकल कलेज खोल्न लाइसेन्स नदिने एउटा माग डा. केसीको हो । अहिले मेडिकल कलेजका माफियाहरुको चंगुलमा केसी फसेका छन् । केसीलाई पुराना मेडिकल कलेजका माफियाहरुलाई सत्य छ । उनीहरुकै इसारामा डा. केसी कराईरहेका छन् । यो अब बन्द जरुरी छ । डा. केसी जस्ता विद्वानहरु डा. देशलाई चाहिन्छ तर नेपाली जनताका छोराछोरीले उपचार गर्न पाउनुपर्दछ । 
वार्ता र सम्वाद बारे आफ्ना माग पुरा गराउनु पर्ने दायित्व डा. केसीको हो । जब माफियाहरुको राज्यसँग कुरा मिल्दैन अनि डा. केसी कुदेर गएर अस्पताल भित्रै अनसन वस्ने गरेका छन् । ढोका छेक्ने गरेका छन् । यो बन्द गरिनु पर्छ । स्वास्थ क्षेत्र एउटा सम्वेदनशील ठाउँहो तर केसीलाई कानुन लाग्दैन ? उनी अस्पताल भित्र अनसन वस्ने हैन मन्त्रालयमा वस्नु प¥यो । बिरामीलाई उपचार गर्ने ठाउँमा डा.केसी अनशन स्थल पक्कै होइन कि कसो ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: