×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ता ढलेको हो, स्वाभिमान ढलेको छैन ! #IamStillwithKPoli

PRIME CA

सत्ता ढलेको हो, स्वाभिमान ढलेको छैन ! #IamStillwithKPoli

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

आदरणीय केपी ओलीज्यू नमस्कार !
म बुझ्छु जनताका लागि लड्दा लड्दै पनि तपाईंको शक्ति ढल्यो आज । प्रतिगामीहरुले तपाइंले जनताका लागि गरेको देखि सहेनन् । सुनेर दुख लाग्यो, तपाइंले आज राजीनामा दिनुभयो । तर केपी वलीज्यू  तपाइंको सपनालाइ सलाम, जाँगरलाइ सलाम । राष्ट्रियतालाई सलाम !   
 तपाइंले बोलेका पछिल्ला सब्दहरु हेरेको थिएँ टेलिभिजनमा, ‘यहाँ आउनुपूर्व राष्ट्रपतिलाई भेटेको छु । बजेट आश्रित विद्येयक फेल भएपछि ममाथि बहुमत हुँदैन । नयाँ प्रधानमन्त्रीका लागि मार्गप्रसस्त गर्दै राजीनामा पेश गरेको छु । यो सदनलाई जानकारी गराउछुँ,’ ।
एक पटक मन भक्कानियो । देशले तपाईंनै खोजेको थियो तर प्रतिगामीहरुको नजर पर्यो ।  संसद् विघटनबारे हल्ला चलेको सुनेको मैले तपैन्को यो भनाइ, ‘मैले धेरै पटक संसद विघटन गराउँदिन भने । आमने सामनेका राजनीतिमा म विश्वास गर्छु । ढोकाबाट पस्ने झ्यालबाट निस्कने गर्दिँन ।’ मेरो मनमा बिझेको छ ।  
२०७२ असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओली सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभयो । के गर्नु ओलीज्यू, सरकारले गर्न खोजेको हो, गर्ने दिएनन् । 
सपना देख्नु नै ठुलो हो, भविष्यमा तपाईंका हरेक सपनाहरु पूरा हुनेछन्, जरुर हुनेछन् । हो, ओलीज्यू सत्ता ढलेको हो, स्वाभिमान ढलेको होइन, ढल्दैन।  हामी तपाइंको साथमा छौँ । #IamstillwithKPoli  
राष्ट्रप्रेमी 
अनुज शर्मा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: