×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानको अध्यक्षमा महेश खनाल निर्विरोध हुँदै, उपाध्यक्षमा भास्कर लाला र प्रकाश थापा भिड्दै

PRIME CA

आइक्यानको अध्यक्षमा महेश खनाल निर्विरोध हुँदै, उपाध्यक्षमा भास्कर लाला र प्रकाश थापा भिड्दै

२८ असार २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

http://3.bp.blogspot.com/-hfw8xKubjrQ/VFtH7x-l1TI/AAAAAAAACO8/2RtsSUjR-SI/s1600/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpg
काठमाडौँ – आइक्यानको अबको अध्यक्षका लागि अहिले २ बजेबाट उमेद्वारी दर्ता सुरु भएको छ । अध्यक्षमा महेश खनालले मात्र उमेद्वारी दिने भएका छन् भने उपाध्यक्षमा भास्कर लाला र प्रकाश थापाले उमेद्वारी दिने भएका छन् ।  
उपाध्यक्षमा अहिलेको स्थिति हेर्ने हो भने भास्कर लालाको पल्ला भारी देखिएको छ । ४ आरए पनि भास्कर लालाकै पक्षमा देखिएपछि लालाको पल्ला भारी दिखिएको हो ।
आइक्यानका अवका अध्यक्ष महेश खनाल भद्र स्वभावका सिएका रुपमा चिनिन्छन् । हत्तपत्त विवादमा नआएका खनाल पछिल्लो समय भने आइसीएइडब्लुसंगको एमआरए आफ्नो कार्यककालमा गराउन प्रकाश लम्साललाइ बिन्ती गरेर उक्त एमआरए  प्रक्रियालाई जबर्जस्त लम्बाएको आरोप लाग्दै आएको छ ।
उनीमाथि आइक्यानको नियम विपरित ‘अन्डरकटीङ’ गरी लेखापरिक्षण समेत गरेको आरोप लागेको भएपनि यस विषय बिचैमा सेलाएको थियो । उनी विरुद्ध आइक्यानमा भएको अनियमिततालाई लिएर प्रकाश लम्साललाइ सहयोग गरेको भन्दै अख्तियारमा छिट्टैनै लम्सालला बिरोधी एक समूह अख्तियार गुहार्ने पक्षमा रहेको बुझिएको छ ।
आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै अख्तियारमा उजुरी परेपछि आइक्यानमा यस बिषयमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिमा रहेका खनालले आफु अध्यक्ष नहुने डरले प्रकास लम्साललाइ सहायोग गरेको भन्दै उनी विरुद्ध भ्रष्टाचारमा सहयोग गरेको भन्दै अख्तियारमा उजुरी पर्न लागेको बताइएको छ ।
प्रकाश थापा गत चुनावमा दोश्रो बढी भोट ल्याउने सिए हुन् । यद्यपी आरएहरुको समूह भास्कर लालातिर जानु, सरकारी प्रतिनिधिहरुले पनि भास्कर लालालाइ सहयोग गर्छु भनी खुलेरै भन्नुले पनि भास्कर लालाको पल्ला भारी देखिएको हो । – सिए सरोकार डटकममा खबर छ । 
          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: