Skip to content
LAXMI SUNRISE BANK

आइक्यानको चुनाव : उपाध्यक्षको लागि लाला र थापा भिड्दै, आरएहरुको भोट बन्नेभो निर्णायक !

अर्थ सरोकार

  • अर्थ सरोकार डटकम / काठमाडौँ 

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्ष पदमा महेश खनाल निर्वाचित भएसँगै आइक्यानको अवको उपाध्यक्ष को भन्ने चर्चा बजारमा चल्न थालेको छ । आफ्नो पल्ला भारी भएको विस्लेषण दुवै पक्षको छ भने दुवै पक्ष बढी मत आफुतिर आकर्षित गर्न लागि परेका छन् ।

सिए सरोकारले सम्पर्क गर्न खोज्दा भास्कर लाला र प्रकाश जंग थापा दुबैलाई सम्पर्क हुन नसकेपनि उनीहरुका समर्थकले भने आ-आफ्नै पल्ला भारीको भएको दावी गरेका छन् । प्रकाश जंग थापा का समर्थकहरुले आफ्नो ११ भोट निश्चित भएको दावी गरेका छन् भने भास्कर लालाका समर्थकले यसपाली भास्कर लालाको जीत सुनिश्चित भएको दावी गरेका छन् । 


आरएहरुकै कोर्टमा बल :
काउन्सिलमा रहेका १० सिए सदश्यमध्ये आधा आधा जसो प्रकाश थापा र भास्कर लालाको पक्षमा देखिएका छन् । कार्यकाल सकिन लागेका प्रकाश लम्साल, नयाँ हुन लागेका अध्यक्ष महेश खनाल, सुरेश देवकोटा, सुनील जाकिबन्जा लगायतका सिएहरु प्रकाश थापाको पक्षमा देखिएका छन् भने भरत रिजाल, भवनाथ दाहाल, राम प्रबोध शाह, लगायतका सिएहरु भास्कर लालाको पक्षमा देखिएका छन् ।  
यता सरकारी प्रतिनिधिमध्ये एक जना भास्कर लालाको पक्षमा भएको बुझिएको छ भने, एक जना प्रकाश थापाको पक्षमा रहेको बुझिएको छ । बाँकी एक जनालाई आफूतिर तान्न लाला त थापा दुवै तल्लीन छन् ।    
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK