×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१३ बसन्त पार गर्दा कान्तिपुरका टप फाईब ‘स्क्यान्डल’ !

कान्तिपुर टेलिभिजनले आजबाट १३ औं बसन्तमा प्रवेश गरेको छ । नेपाली टेलिभिजन इतिहासमै जनान्दोलनलाइ साथ दिएर नेपालीहरुको मन जितेको टेलिभिजन पछिल्लो समय भने विवाद नै विवादको घेरामा रह्यो । आज हामीले कान्तिपुरका तिनै पछिल्ला ५ स्क्यान्डललाइ साँघु साप्ताहिक बाट साभार गरेर प्रस्तुत गरेका छौं ।   


कान्तिपुर टिभीमा चारतारे आतंक
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा व्यावसायिक र निष्पक्ष भनेर दावी गर्ने कान्तिपुर टेलिभिजन पछिल्लो समयमा कांग्रेसको माइक बनेको र टेलिभिजन स्टुडियोमा चारतारे झण्डा गाड्नमात्र बाँकी रहेको भन्दै त्यहाँका व्यासायिक पत्रकारहरूले जागिर छाड्ने क्रम बढेको छ ।
समाचार प्रमुखमा दिलभूषण पाठक गएपछि उनको नौटंकी सहँदै आएका पत्रकारहरू चरम कांग्रेसीकरण भो भनेर सहन नसक्ने भन्दै बाहिरिन थालेका हुन् । पछिल्लो पटक कान्तिपुर टिभीमा राम्रो काम गरेर कहलिएका युवा पत्रकार उद्धबराज भेटवालले जागिर छाडेर हिंडेका छन् । उनले कांग्रेसीकरणको विरोध गरेपछि कुनै जानकारीनै नदिई सिफ्ट परिवर्तन गरिएको थियो । त्यो लगत्तै भेटवालले राजीनामा लेखेर बुझाए । उनलाई कतिपय साथीहरूले कान्तिपुरको ब्राण्ड बिक्छ भन्दै इगो नलिन सुझाव दिएका थिए । तर, चारतारे झण्डा गाड्नमात्र बाँकी रहेको टेलिभिजनको ब्राण्डको अर्थ नहुने भन्दै उनले उद्धब भेटवाल आफैं ब्राण्ड हो भनेर हिंडे । उद्धब भेटवाललाई एमडीको आदेश भन्दै भारतीय राजदूतावासले तराईका सांसदलाई दिएको दिवाभोजमा संलग्न नेपालीका कांग्रेसका सांसदहरू विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, अमरेशकुमार सिंह, गणेश मण्डल, राम अयोध्याप्रसाद यादव, तेजुलाल चौधरीको नाम र भिजुअल प्रसारण नगर्न भनिएको थियो । तर, नाम काटिएपनि भिजुअल भने चिप्लिएर प्रसारण भएपछि पत्रकार भेटवालाई सताउन थालिएको थियो ।
यसअघि राम्रो काम गर्ने भनेर पुरस्कृत भएकी रञ्जना श्रेष्ठले पनि यसैगरी जागिर छाडेकी थिइन् । दिलभूषण पाठक र जगत नेपाल मिलेर गैरकांग्रेस आस्था राख्ने पत्रकारहरूलाई छानीछानी पेल्न थालेपछि कान्तिपुर टिभीका पत्रकारले कैलाश सिरोहिया समक्ष समेत उजुरी गरेको बताइन्छ । उनीहरूले नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन शाखाका अध्यक्ष राजु तिम्सिनालाई पनि कांग्रेसीकरण विरुद्ध कदम चाल्न दबाब दिएको चर्चा पत्रकाहरूबीच चलेको छ ।
कांग्रेसीकरणले टेलिभिजनकै बेइज्जत हुँदा पनि अर्जुन खड्का, भुवन केसी, राजु तिम्सिना जस्ता पुराना र सिनियर पत्रकारहरू मौन बसेका छन् । यसबीचमा कान्तिपुर टेलिभिजनबाट आधा दर्जन बढी व्यावसायिक पत्रकारहरूले छाडिसकेका छन् । अरु केही समाचार बाचिका र पत्रकारहरू एकैपटक छाड्ने तयारीमा रहेको बताइन्छ । उनीहरूले एपी वान टिभी प्रसारणको मिति पर्खिरहेका छन् । गैरकांग्रेस भएकै कारण पुष्प ढुंगानाको चीन भ्रमणको निवेदन समेत दिलभूषणले अस्वीकृत गरेको र अन्यलाई बिभिन्न बहानामा दु:ख दिएको गुनासो कैलाश सिरोहिया समक्ष पुग्दा पनि सुनवाई नभएको बताइन्छ ।
गैरकांग्रेसमात्र होइन देउवा पक्षधर कांग्रेस पत्रकारहरू समेत दिलभूषण र जगत नेपालको तारो बनेको गुनासो छ । कान्तिपुर टिभीमा कांग्रेस बिटमा राम्रो काम गरिरहेका डीपी उपाध्याय देउवा पक्षधर भएकै कारण उनलाई सो बिटबाट हटाएर न्यूज २४ बाट नवराज पाण्डे लगिएको चर्चा कान्तिपुर टिभीमा चलेको छ । कांग्रेस भएपनि देउवा पक्ष भएको भन्दै प्रमुख क्यामेरामेन विश्वनाथ आचार्य पनि पेलानमा परिरहेका छन् । समाचारमा बाइट लिने बेला समेत कोइराला पक्षका नेतालाई प्राथमिकता दिन निर्देशन जारी हुन थालेको छ ।
यही ताल रहने हो भने कान्तिपुर टेलिभिजन पनि एबीसी टेलिभिजन जस्तै कसैको मुख हुने कान्तिपुरमै चर्चा चलेको छ । कांग्रेस महाधिवेशनमा कोइराला पक्षलाई सघाउने रणनीति अनुरुप यस्तो भएको चाल पाएपछि प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई देउवा समक्ष यो कुरा पुर्‍याउन दबाब परेको छ । कान्तिपुरको नीति देउवा विरुद्ध हो कि होइन भनेर सिरोहियालाई सोध्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
टेलिभिजनका बारेमा खासै कुनै प्राबिधिक जानकारी नभएका आफू जति जान्ने कोही छैन भन्ने दिलभूषणको स्वभावबाट भूषण दाहाल समेत दिक्क हुन थालेका छन् । केही आइएनजीओहरूको पैसाबाट डकुमेन्ट्री बनाउने बाहेक टिभीको कुनै ज्ञान नभए पनि उनलाई समाचारप्रमुख बनाएर लगेपछि कान्तिपुरमा श्रृगारपटारका वाक्क लाग्दा अनेक नौटंकी भइरहेका छन् । दिलभूषणको बारेमा धेरै गुनासो आएपछि कैलाशले उनको विकल्प खोजिरहेको स्रोतले जनाएको छ ।
कान्तिपुर टेलिभिजनमा कांग्रेसी पत्रकारको खैलोबैलो,को-को बाहिरिए ? 
कान्तिपुर मिडिया ग्रुप आफूलाई निष्पक्ष र व्यवसायिक मिडिया हाउसको रुपमा चिनाउन रुचाउँछ । तर यही ग्रुपबाट सञ्चालित कान्तिपुर टेलिभिजनका समाचार प्रमुखले मिडिया हाउसको यस्तो रुची र पत्रकारिताको आम मूल्य र मान्यताको हुर्मत लिँदै हदैसम्मको निकृष्ट अराजनीतिक हर्कत देखाउँदा टेलिभिजनमा लामो समयदेखि कार्यरत कैयन योग्यतम् पुराना पत्रकारहरु जागिर छाडेर बाटो लाग्न बाध्य भएका छन् भने बाँकी बसेका केही पत्रकारहरु पनि छिट्टै कान्तिपुरलाई बाईबाई गरेर बाटो तताउने मूडमा पुगेका छन् ।
लामो सयमदेखि टेलिभिजनमा विभिन्न बिटमा रहेर काम गर्दै आइरहेका दख्खल पत्रकारहरुलाई समाचार प्रमुख दिलभूषण पाठकले विचारकै आधारमा विभेद गर्न थालेपछि कान्तिपुर टेलिभिजन विस्तारै कांग्रेसी पत्रकारहरुको बच्ने भाँडोमा परिणत हुँदै गएको चर्चा पत्रकारबीच चल्न थालेको छ ।
आफूलाई खुलेआम रुपमा कांग्रेसी भन्न रुचाउने समाचार प्रमुख दिलभूषणकै कारण उनी आउनुअघिसम्म नम्बर एकमा रहेको टेलिभिजन खस्केर तल पुगिसके पनि यसतर्फ व्यवस्थापनले चासो नदिएको भन्दै टेलिभिजनमा बाँकी बसेका पत्रकारहरु असन्तुष्ट बनेका छन् ।
टिभी पत्रकारको टाउकोमा ‘सिसी हमला’ गर्लफ्रेण्डसँगै कैलाश पुत्रको भयंकर दुर्घटना

काठमाडौं । कान्तिपुरका साहु कैलाश सिरोहियाका छोराले हाँकेको कार दुर्घटना प्रकरणलाई ट्राफिक प्रहरीबाट गुपचुप राख्ने प्रयास गरिएको छ । मंसिर २६ गते शनिबार झिसमिसे बिहान करिब पौने ५ बजे माइतीघर मण्डलामा बा १२ च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा परेको थियो । त्यो गाडीका चालक थिए कैलाशका छोरा साम्भव स्वाँर सिरोहिया । चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा सौरभ पहाडी लगायत चार जना घाइते भएका थिए । घाइते ३२ वर्षीय सौरभको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कार सडक पेटीमा चढेपछि रिक्सामा चिया पसल गर्ने तथा चिया पिइरहेकाहरूको भागदौड भएको थियो । कारको अग्रभाग चकनाचूर अवस्थामा भेटिएको थियो । सो दुर्घटनामा कति मान्छेलाई के भयो भन्ने कुनै विवरण दिइएको छैन । कार यति द्रूत गतिमा थियो कि, एयर ब्यागले गर्दा चालक बचेका थिए । गाडीमा दुई पुरुष र दुई महिला रहेको बताइन्छ । गाडीमा वियरका क्यानहरू भेटिएका थिए । कारमा रहेका दुई युवतीको नाम भने गोप्य राखिएको छ । उक्त दुर्घटनाग्रस्त गाडी कैलाशले छोरालाई जन्मदिनको उपहार दिएको चर्चा कान्तिपुरमा चलेको छ । घाइतेहरूको अवस्थाबारे केही जानकारी दिइएको छैन । केटीहरू दुवैजनाका प्रेमिका भएको दावी गरिएको छ ।
कान्तिपुर टिभीमा चाकडीवाद
कान्तिपुर टेलिभिजन च्यानलका राम्रा, योग्य, अनुभवी पत्रकारहरू सो टेलिभिजन छाडेर हिंड्ने क्रम बढ्दो छ । हाल समाचारको गुणस्तरभन्दा पनि हाकिमको चाकडीलाई प्राथमिकतामा राखेर ब्यवहार गरिनाले पत्रकारहरू वाक्क भएर छाडेर हिंड्ने गरेको र च्यानलको स्तर पनि गिरेको गुनासो त्यहाँ कार्यरत पत्रकारहरूको छ ।
पछिल्लो पटक राम्रा पत्रकार रिपोर्टरमा गनिएका अनन्त वाग्ले र रञ्जना श्रेष्ठले च्यानल छाडेका छन् । च्यानलको बातावरण कस्तो छ भने भर्ना भएको भोलिपल्टै नयाँ पत्रकार रश्मीले समेत छाडेर हिंडेपछि सबै संचारकर्मी छक्क परेका छन् । पत्रकार रश्मी दुई दिन पनि काम नगरी छोडेर हिंडेकोमा पत्रकारहरूले आश्चर्य मानेका हुन् । स्तरीय समाचार सुक्यो अनि बिजनेस पनि खस्कियो, कान्तिपुर टीभीमा के हुन लाग्यो भन्ने कफी गफ पत्रकारहरूबीच हुने गरेको छ ।
समाचार र कामभन्दा पनि समाचार प्रमुख दिलभुषण पाठकको चाकडी गर्ने, जीहजुरी गर्नेको बोलवाला हुन थालेपछि च्यानल ओरालो लाग्न थालेको पत्रकारहरूको टिप्पणी छ । यता च्यानल ओरालो लागेको छ भने उता दिलभुषणकै अगुवाईमा च्यानलभित्र अत्यन्तै अमर्यादित काम हुन थालेको छ । त्यो काम हो–पत्रकार र कर्मचारीहरूलाई सीसी क्यामराबाट अनुगमन/निगरानी । संचार गृह तथा समाचार कक्षमा सीसी क्यामराबाट अनुगमन गरिनुलाई आपत्तिजनक मानिन्छ । यसले पत्रकारको वैयक्तिक स्वतन्त्रता र उसको निजी स्रोतको हनन हुन्छ भन्ने मान्यता छ । यस्तो मान्यता विपरीत पत्रकार र कर्मचारीहरूलाई डिपार्टमेण्ट स्टोरहरू र गार्मेन्ट कारखानामा जसरी सीसी क्यामराबाट अनुगमन गर्न थालिएको हो । क्यामेरा भने अप्रेशनमा ल्याइसकिएको छैन ।
न्यूज रुमभित्र संसारमै नभएको चलन सीसी क्यामेराको जडानपछि कान्तिपुर टेलिभिजनका पत्रकार र कर्मचारीमा आतंक छाएको छ । समाचारको गुणस्तर सुधार्नेतर्फ भन्दा पत्रकारहरूको गतिविधि निगरानीमा हाकिमहरूको ध्यान जान थालेपछि च्यानलभित्र चरम गुटबन्दी विकास भएको गुनासो सुनिन्छ । दिलभुषणको गुटमा अर्जुन खड्का र दीपेन्द्र वान्तवा बढी सक्रिय रहेको बताइन्छ । जगत नेपाल, दीपेन्द्र वान्तवा, हिमाल न्यौपानेहरूलाई एशोसियट सिनियर सब इडिटरबाटबाट सिनियर सब इडिटर बनाइएकोमा पनि अन्य पत्रकारहरूमा असन्तुष्टि ब्याप्त भएको छ । वरिष्ठ अनि काममा इमानदार, चाकडी र जीहजुरी नगर्ने एशोसियट सिनियर उपसम्पादकहरू पुनम पौडेल, हरहरि उपाध्याय, केदार कोइराला, प्रतिभा तुलाधर सिनियर सब इडिटरका लागि योग्य नमानिंदा च्यानलभित्र असन्तुष्टि छाएको हो । पत्रकारहरू भन्छन्– कान्तिपुर च्यानल पनि नेपाल टेलिभिजन जस्तै हाकिममुखी बन्यो, चाकडीमय बन्यो । मालिक कैलाश सिरोहियालाई पत्रकारका यस्ता गुनासोको के मतलब छ र ? भन्छन् पीडित पत्रकारहरू ।
गाडिमै सेक्स गरे कान्तिपुरका पत्रकारले

जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठीक ठाउँमा वबसाउन पनि जान्नुपर्छ । उम्लिउको जवानी ठीक ठाउँमा बिसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ । अचेल कान्तिपुर टेलिभिजनमा ‘जोशमा होस गुमाउँदाको कहानी’ हिन्दी फिल्मको कहानी घरघरकी जस्तै चर्चित बनेको छ । कान्तिपुर टिभीको कल कान्तिपुरलगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र सहना बज्राचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी बिसाइरहेका बेला प्रहरीको पेट्रोलिङ टोलीको फन्दामा परे । 
घटना राति ३ बजेतिरको थियो । सुरजको निजी गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । सडकमा गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय दिएका थिए । ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी छाडिदियो । बरु उनीहरु कान्तिपुरका पत्रकार हुन् कि होइनन् भनेर प्रहरी अधिकृतले कान्तिपुर समाचार प्रमुख तिर्थ कोइराला र भूषण दाहाललाई फोन गरेको प्रहरी स्रोतले जनाएको छ । तर, मूडि स्वभावका कोइरालाले उनीहरु कान्तिपुरका पत्रकार नभएको र समाचार शाखामा ती नामका पत्रकार नभएको जवाफ दिएको चितवनका एसपी प्रद्युम्न कार्की निकट प्रहरी स्रोतले जनाएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: