
- अर्थ सरोकार सम्बाददाता/ काठमाडौँ
काठमाडौँ धुम्बाराहीको एक पार्टी प्यालेसमा विबाह सम्पन्न हुँदै थियो । सबैजना विवाहको रौनकमा रमाईरहेका थिए । पराइ घर जानु पर्दाको पीडामा बेहुली खुब रोहिरहेकी थिइन् । त्यो स्वाभाविक पनि हो । जन्ती पक्षकाहरु आफ्नै हिसावले रामाइलो गरिरहेका थिए भने बेहुली पक्षकाहरु जन्तीलाइ खानपिन गराउनमै ब्यस्त थिए । विवाह सकिने समय भयो । सबै जना आफ्नै धुनमा थिए । एक्कासी बेहुलीको लगनगाँठोको हराएको थाहा भयो । लगनगाँठोमा पैसा राख्ने चलन छ । खोजीनीति गर्दा सबैले एक युवकमाथि शंका गरे । सबैले उसको फरक हाउभाउ र ‘हाइते हुइते’ पाराले याद गरेका रहेछन्।
बेहुला पक्षलाई बेहुलीको भाइ भन्ने बेहली पक्षलाई बेहुलाको मामा भन्ने टाई शुटमा सजिएका ती चोर रहेछन् । विवाहमा खिचिने भिडियोबाट तिनको पहिचान गर्ने प्रयास गरिएपनि अझै प्रयास भने सफल भने भएन । विवाहको मौसम भएकाले पुलिस केस गर्नपनि उचित नहुने बेहुला र बेहुली दुवै पक्षको निर्णय भयो । यस्तै रौनकको मौका छोपेर ती चोरले लगनगाँठोमा रहेको करिव २० हजार टप्काए । विवाहको २० हजार खास ठुलो कुरा नमानिएपनि लगनगाँठो चोरिनुलाई अनिष्टको संकेत मानिने गरिएको छ । तर ती चोरले २० हजार टप्काइ छोडे । यो त प्रतिनिधि घटना मात्र हो यस्ता चोरहरु अहिले विवाहको मौसमलाई छोपेर कमाउ धन्दामा लागिरहेका छन् ।
बच्न आवश्यक, तर यस्ता छन् व्यावहारिक कठिन !
विवाहमा कसले लगनगाँठो चोर्छ कि भनेर हेर्ने कुरा पनि भएन । तर लगनगाँठोको जिम्मा चिनेकै मान्छेलाई दिनुपर्छ । यसले सम्भावित दुर्घटना टार्छ । तर मागी विवाहको खण्डमा परिवारबीच खास चिनाजाना हुँदैन । चोर टाई सुट लगाएर, टिका सहित नै जन्ती गएको हुन्छ । सबै आफन्तले सबै आफन्त नचिन्ने यो समयमा को को जन्ती आयो सबै एक एक गरी हेर्न पनि सम्भव छैन । तर लगनगाँठोको हकमा भने नजिक आफ्नै मान्छे हुने र हुनुपर्ने भएकाले यसको ख्याल गर्न आवश्यक छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्