
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- नागरिक लगानी कोषमा कर्मचारीको मनपरीले सीमा नागेको छ । भवनभित्रै जुवा तास खेल्ने क्रम बढेको छ । कोषको केन्द्रीय कार्यलय नयाँ बानेश्वरको भवनभित्र केहि समयदेखि ओभरटाइम काम गर्ने भन्दै बसेका कर्मचारीहरु जुवा तासमा मस्त हुने गरेको खुलेको छ । कार्यलयमा आजको काम आजै सम्पादन हुनु पर्छ भन्ने मान्यताले सञ्चालनभएको ‘ओभरटाइम’ लाईएकातर्फ कर्मचारीले तास खेलेर दुरुपयोग गरीरहेका छन् भने अर्कोतर्फ त्यहि तास खेलेको पनि लगानी कोषले तलव दिनु परेको छ ।
हाल ९ वटा महाशाखा स्थापना गरेर आफ्नो कार्य सम्पादन गर्दै आएको कोषमा ढिलासुस्ती हुने गरेको जनगुनासोपछी ओभरटाइम कामको व्यवस्था गरिएको थियो ।
गैर कर्मचारी पनि आउँछन् तास खेल्न
उक्त कोषमा ओभरटाइम काम गर्ने भन्दै तास खेल्न कर्मचारी मात्र होइन कोरम नपुगेको खण्डमा बाहिरका मानिसहरु पनि आउने गरेका छन् । १० बजेदेखि ५ बजेसम्म नियमित काम गर्ने र ५ देखि ७ बजेसम्म ओभरटाइम काम गरेको रिपोर्ट पेश हुने गरेको छ । तर भवनभित्र ५ बजेदेखि लगभग ७:३० बजेसम्म जुवाको खाल बस्ने गरेको छ । कोषमा काम नगर्नेहरु समेत उक्त खेलमा सहभागी हुने गर्दछन् ।
तास नखेल्नेहरु तरकारी किन्छन् ओभरटाइमको समयमा
यता तास नखेल्नेहरु तरकारी किन्ने काम गर्ने, गफ गर्ने लगायतका काममा ब्यस्त हुने गरेका छन् । उनीहरु काम त भोलि गरौंला नि भन्दै तलव पचाउने काम मात्र गरिरहेका छन् । बिगत लामो समयदेखि उक्त कोषमा मनपरी गरिरहेका कर्मचारीहरुले आफ्नो कुरा बाहिर नजाओस् भन्दै पियनलाइ जितौरी समेत दिने गरेका छन् ।
साना साना सामान कर्मचारी लैजान्छन् घर :
यसैबीच कोषका कर्मचारीहरुले नियम विपरित सानासाना सामानहरु घर लैजाने गरेको स्रोतको दावी छ । विशेषगरी ओभरटाइम गर्नेहरुले कार्यालयका साना साना सामान घरायसी प्रयोजनका लागि लैजाने गरेको बताइएको छ ।