×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माग्यो त अख्तियारले लम्सालका फाइल ?

अर्थ सरोकार

प्रकाशित मिति : २६ असार २०७३, आईतवार

PRIME CA

माग्यो त अख्तियारले लम्सालका फाइल ?

काठमाडौँ – जनता बैंकका सिइओ एवं भ्रष्ट बैंकर कुमार लम्साल, अध्यक्ष एवं एमाले सभासद उदय श्रेष्ठ नेपाली र सेयर दलाल एवं उर्जा माफिया गुरुप्रसाद न्यौपानेले बैंक भित्र गरेका अनियमितताका दर्जनौ फाइल अख्यिार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र बैंक मार्फत झिकाएको स्रोतको दावी छ । 
लम्साल, नेपाली, न्यौपाने बिरुद्ध अख्तियारमा बैंकको शेयरधनीहरुले हालेका दर्जनौ उजुरी माथी गत साताबाटै अख्तियारले छानवीन अगाडी बढाएको थियो । अख्तियारले नेपाली जनताका छोरा, छोरीले रगत र पसिना बगाएर प्रभू बैंकमा जम्मा गरेको रकमवाट भ्रष्ट बैंकर कुमार लम्सालले ७० लाख नगद र ५० लाखको गाडी लिएर गएपछि सो सबै फाइल अख्तियारले राष्ट्र बैंक मार्फत झिकार्ई लगेको प्रभू बैंकका एक डिजीएमले बताए । जनता बैंकका केटी र रक्सी विना बाँच्न नसक्ने गुरुप्रसाद न्यौपाने बैंकले शेयर घोटला गरेको काण्डका फाइल समेत अख्तियार पुगेका छन् । 
जनता बैंक र माछापुछ्रे बैंक करिब करिब मर्जरको अन्तिम पुगे पनि न्यौपानेहरुको समूहले आफू सञ्चालक पदमा नपाउने र बैंकमा हालिमुहाली गर्न नपाउने देखेपछि मर्जर भाँडेका थियो । त्यसको साक्षी बैंकर कुमार लम्सालले गरेका थिए । एकै वर्षमा ३ वटा बैंक फेर्ने बेश्या बैंकर लम्साल कसका एजेन्ट हुन यसको खोजी राजतिलक साप्ताहिकले शुरु गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: