
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ नेतृत्व त पाएको छ । आज औपचारिक रुपमा महेश खनाल निर्वाचित भएका छन् । तर महेश खनालको कार्यकाल पनि नयाँ बोतलमा पुरानै रक्सी झैं हुने भएको छ । हत्तपत्त विवादमा नआएका उनी प्रकाश लम्सालले आइक्यानमा अनियमितता गरेको भन्दै अख्तियारमा परेको उजुरी आइक्यान पुगेपछि लम्सालको कर्तुत ढाकछोप गर्न र लम्साललाइ बचाउन लागेको भन्दै उनी यतिबेला तीब्र बिबादमा छन् । यसै कारण विभिन्न कारणले उनको अध्यक्ष यात्रा सहज नहुने बुझिएको छ ।
कारण नम्बर एक : उनी पनि अख्तियारमा तानिने भए
प्रकाश लम्सालले आइक्यानमा भ्रष्टाचार गरेको भनी अख्तियारमा उजुरी परेपछि उक्त पत्र अर्थ मन्त्रालय हुँदै आइक्यानसम्म आइपुगेको थियो । तर प्रकाश लम्सालकै २ नम्बर भोटको सहयोगमा काउन्सिलको चुनाव जितेको आरोप लागेका उनले लम्साललाइ बचाउन आफैं छानविन समितिमा बसेको र प्रकास लम्साललाइ बचाउन खोजेको भन्दै लम्सालको कदम चित्त नबुझेकाहरु महेश खनाल पनि यस प्रकरणमा मतियारको रुपमा प्रस्तुत भएको र आफैं बोक्सी आफैं झाँक्री शैलीमा अगाडी बढेको भन्दै उनी विवादमा छन् । उनको यो विवाद फेरी अख्तियार पुग्ने बुझिएको छ । राजावादी राजनीतिको पृष्ठभुमिबाट आएको भन्ने उनी माथि लागेको आरोप र अब अर्थ मन्त्रालय माओवादी नेतृतको आउँदैछ भन्ने कुराले यो प्रकरणमा खास अर्थ लाग्ने देखिएको छ । उनी विरुद्ध अखित्यारमा जान लागेका व्यक्ति माओवादी निकट मानिन्छन् । यो कुराले पनि यसपाली आइक्यानमा अर्थ मन्त्रालयको चिठी बाहेक ‘अरु केहि’ पनि आउन सक्छ भन्ने विश्लेषण पनि केहिले गरेका छन् । यस कारण पनि उनी बर्षभर नै विवादमा मुछिने देखिएका छन् ।
कारण नम्बर दुइ : अनियमितता नै आशय देखियो
आइक्यानमा हुने अनियमितता केहि संचारमाध्यमले लगातार सम्प्रेषण गरेपछि त्यसबाट बच्न पनि उनले आफ्नै सिफारिसमा आइक्यानमा विद्यार्थी रहेका पत्रकारले समाचार लेखेकै आधारमा आइक्यानले कारवाही गर्न सक्ने आशयको कानुन बनाएर काउन्सिलमा प्रस्तुत गरेका छन् । विद्यार्थी आचार संहिताको नाममा उनले गरेको यो बदमासीलाई उनले सपथ खाएकै दिनदेखि विभिन्न पत्रकारका संगठनले विरोध गर्ने बुझिएको छ भने प्रेस काउन्सिलमा उजुरी परेपछि यो बिषयले नेपाली मिडियामा राष्ट्रिय रुप लिने देखिएको छ । नेपालमा पत्रकारहरुलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल हुँदा हुँदै आफ्नो कर्तुतलाइ ढाकछोप गराउन उनले यो कदम चालेको सरोकारवालाहरुको आरोप छ । विविध एजेन्डामा घुसाएर विद्यार्थी आचारसंहिताका नाममा पास गरिएको यो एजेन्डाका बारेमा अधिकांस काउन्सिल सदश्यनै अनविज्ञ रहेको पाइएको छ । यसै पनि आइक्यानको नियम विपरित काम गरेको, अन्डर कटीङ गर्ने गरेको, प्रकाश लम्सालसंग मिलेर प्राइम सिए लगायतका केहि ठुला सिए इन्स्टिच्युटको गलत प्रचारमा सहयोग गरेको र आइक्यानमा भएको अनियमिततालाई कमिसनको लोभमा सहयोग गरेको भन्ने आरोप लागेका उनी नेपाली संचारमाध्यममा वर्ष भरीनै विवादित हुने सम्भावना बढी देखियेइको छ । यस अघिपनि उनले प्राइम विरुद्ध लाग्न प्रकाश लम्सालसंग मिलेर केहि पत्रकारहरुसंग भेटघाट गरेको आरोप केहि सिएहरुले सार्वजनिक रुपमै लगाएका थिए ।
कारण नम्बर तीन : एमआरएको राजनीति सबैले बुझिसके
आइक्यान र आइसीएइडब्लु बीच हुने एमआरए अन्तिम चरणमा रहेको भएपनि आफ्नो कार्यकालमा गर्न प्रकास लम्सालसंग बिन्ती गरेर एमआरए प्रक्रिया लम्बाएको तथ्य धेरैले थाहा पाईसकेकाले पनि आइक्यान र आइसीएइडब्लुबीच हुने एमआरएको जस नबुझेकाले मात्र दिने भएपछी उनी यो बिषयलाई लिएर पनि विवादमा आउन सक्ने सरोकारवालाहरुको भनाइ छ । महेश खनाल भने यहि एमआरएलाइ देखाएर आफु ‘लाइट’ मा आउंदै अरु आइक्यानमा हुने अनियमिततामा संग्लग्न हुने आशय बोकेर अगाडी बढेको आरोप नेपाली सिए क्षेत्रमा लगाउन थालिसकिएको छ । नयाँ खास गर्न सक्ने अध्यक्षका रुपमा नहेरिएका हुनाले पनि उनले भइसकेका काम बाहेक नयाँ केहि गर्न नसक्ने विश्लेषण भइरहेका बेला उनी यहि कार्य असक्षमताकै कारण विवादमा देखिने सम्भावना बढी छ ।
कारण नम्बर चार : न्युनतम लेखापरिक्षण शुल्कलाइ लिएर उनी विवादमा रहने सम्भावना छ
नेपाल टेलिकमलाइ आइक्यानले तोकेको शुल्क लागु नहुने र अन्य निकायका लागि पनि हाल स्टे अर्डर आएका बेला नरेन्द्र भट्टराइले नेपाल टेलिकमको अडीट नगरिदिनाले पनि महेश खनालको कार्यकालभर नैतिक दवाव पर्ने देखिन्छ । यसै पनि बजारमा पूरानो सिए भइकन पनि कम क्लाइन्ट भएका सिएको रुपमा चिनिएका उनलाई बजारमा देखिएको अस्वस्थ प्रतिष्पर्धा टाउको दुखाइको बिषय हुनसक्ने सम्भावना बढी छ । न उनले कानुनी रुपमा आइक्यानको शुल्क नमान्नेहरुलाई कारवाही गर्न सक्छन्, न स्टे अर्डर आएको छ भन्ने आधार सार्वजनिक रुपमा राख्न नै सक्छन् । यसले उनलाई अफ्ट्यारोमा पार्ने देखिएको छ ।
कारण नम्बर पांच : साना कुरा प्राथमिकतामा ठुला वा नयाँ काम गर्ने आँट नै छैन :
सिए महेश खनाल पनि साना कुराहरुमै अल्झिने देखिएको छ । यसो त उनी खास नयाँ केहि गर्न सक्ने अध्यक्षका रुपमा चिनीदैनन् । यस अगाडी आइक्यानमा विवादमा मुछिएका महेश गुरागाइ र प्रकाश लम्साल टाक्कटुक्क भएपनि विद्यार्थीका पक्षमा केहि गर्थे, महेश खनालको त्यो आँट छैन भन्ने विश्लेषण सुनीन थालिसकिएको छ । यसो त उनको यहि कुरा अगाडी नआओस र बर्षभरी नै सम्बन्धनको रटान लगाएर बजार तातीरहोस बह्न्ने हेतुले उनले पकाश लम्सालको सहयोगमा केहि टेलिभिजन पत्रकारहरुसँग पनि सहयोग मागेको आरोप उनीमाथि लागेको छ ।
हामी चाहान्छौं यी कारणहरु सत्य सावित नहुन् । महेश खनालको कार्यकाल सफल रहोस्। धेरैले चाहेको पनि त्यहि हो । यस्तै होस्, महेश खनाललाइ शुभकामना !
तश्वीर : महेश खनालको फेसबुक
तश्वीर : महेश खनालको फेसबुक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्