×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिकमको टेण्डरमा आर्थिक चलखेल प्रकरण : सम्पत्ति शुद्धिकरण र लेखा समितिमा उजुरी

PRIME CA

टेलिकमको टेण्डरमा आर्थिक चलखेल प्रकरण : सम्पत्ति शुद्धिकरण र लेखा समितिमा उजुरी

२५ असार २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

अर्थ सरोकार सम्बाददाता / काठमाडौं – नेपाल टेलिकमका प्रवन्ध निर्देशक सिए बुद्धिप्रसाद आचार्य र कर्मचारी अशोक थापाको सम्पत्ति तथा आर्थिक अनियमिततागरेको समाचार सार्वजनिक भएपछि उक्त बिषय छानबिनका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र संसदको लेखा समितिमा पनि उजुरी परेको छ ।
टेलिकमको एडीएसएस केवल सप्लाई सम्वन्धी टेण्डरमा टेलिकमका प्रवन्ध निर्देशक आचार्य र कर्मचारी थापालगायतले आर्थिक चलखेल गरेको भन्दै छानविनका लागि उजुरी दर्ता भएको हो । उनीहरु मिलेर करोडौंको चलखेल भएको भन्दै उजुरी परेको हो ।
१५ लाखमा बन्ने एप्सलाइ ७ करोड खर्च गरेको, अन्य विभिन्न टेन्डरमा घोटाला गरेको लगायतका दावी सहित यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ । टेलिकममा रहेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै दुवैको सम्पत्ति छानविन गरिपाउ भनि उजुरी दर्ता भएको बताइएको छ ।
एक हजार एक सय किमि एडीएसएस केवल सप्लाइका लागि आव्हान गरिएको टेण्डरमा कम रकम कवोल गर्नेलाई छनोट नगरी बढी रकम कवोल गर्नेलाई छनोट गर्न लागेको आचार्य र थापालाई आरोप लागेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: