
एनआइडीसी क्यापिटल मार्केट्स लिमिटेडको कर्जाको पुनर्मूल्यांकनमा अनियमितता गरेको आरोप लागेका १७ जना दोषी ठहर भएका छन् । पुनरावेदन अदालत पाटनले यो मुद्दामा १७ जनालाई दोषी ठहर गर्दै बिगो, जरिवाना र कैद सजाय सुनाएको छ । पुनरावेदन अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यको संयुक्त इजलाशले कर्जाको पुन: मूल्यांकनमा उनीहरूलाई दोषी ठहर गरेको हो ।
अदालतको फैसलाअनुसार एनआईडीसी क्यापिटल मार्केट्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत खुमबहादुर हीरासिं राणा र कजा विभाग प्रमुख मीनासि डंगोल, सञ्चालक पाण्डे कुमार प्रसाई र ऋणीहरू पनि दोषी ठहर भएका छन् । अदालतल ऋणीहरू पदमबहादुर थापा , विनोद वैद्य र खड्गबहादुर खत्रीसहित, सिइओ राणा र कर्जा विभागल प्रमुख डंगोललाई ४ वर्षको कैद सजाय सुनाएको छ ।
फैसलाअनुसार सबैभन्दा धेरै बिगो ऋणी थापाले तिर्नुपर्नेछ । उनले ६ करोड २१ लाख जरिवाना तिर्नुपर्ने फैसला अदालतले गरेको छ । अदालतले कर्जा विभाग प्रमुख डंगोलबाट ३ करोड जरिवाना र १ करोड ५१ लाख बिगो भराउन पनि आदेश दिएको छ । अदालतले हिरासिंहबाट २ करोड ३७ लाख जरिवाना र ८८ लाख ७५ हजार बिगो भराउने आदेश पनि दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दायर गरेको छुट्टाछुट्टै १३ वटा मुद्दाको अदालतल एके पटक फैसला गरेको छ ।
अदालतले गत मंगलबार यी मुद्दाको फैसला गरेको थियो । अदालतले ऋणीहरू रविन बर्मा, राजकुमार मानन्धर, गायत्री धिताल, शेखर बहादुर कार्की, प्रवीण बस्नेत, कृष्ण केसी, विनोदकुमार गौतम, खड्गबहादुर खत्री, रत्नकमार गौतम, रजनी केसी, होमनारायण श्रेष्ठ, हरिबाबु जोशाी र रमी गातमलाइ पनि कैद, जरिवाना र बिगो भराउने फैसला गरेको छ ।
- प्रस्तुती : शेयर बजार साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्