×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अनलाइन मिडियामा पत्रकारकै खडेरी, काम गर्न सक्ने जनशक्ति खोसाखोस !


  • अर्थ सरोकार सम्बाददाता 
पछिल्लो समय हरेकजसो पत्रिका अनलाइनकारण भइरहेका छन् । रेडियो र टेलिभिजनले पनि अनलाइनको बाटो रोजीरहेका छन् । छोटो समयमा थुप्रै अनलाइन नेपाली बजारमा आएनन् मात्र निकैनै नाम कहलिएका व्यक्तिहरु पनि पत्रिकाबाट अनलाइनमा लागे । सिमित व्यक्तिको पहुँचमा रहेको इन्टरनेट सामान्य भएपछि अहिले अनलाइनको क्रेज नेपाली पत्रकारिता क्षेत्रमा निकैनै बरिष्ट मानिएकाहरुमा पनि बढेको छ ।  सञ्चारमा लगानी गर्ने भन्ने वितिक्कै अनलाइन सबैको पहिलो रोजाईमा पर्ने गरेको छ । एमएमको फ्रिक्वोइन्सी पाउन नसक्नु, टेलिभिजन र पत्रिकामा लगानी ठुलो हुनुले पनि नेपालमा अनलाइन पत्रिकाको क्रेज बढेको हो ।
तर त्यहि अनलाइन पत्रिकाहरुमा अहिले सिपालु पत्रकारहरुको खडेरी परेको छ । टेलिभिजन वा पत्रपत्रिकामा अनुभव भएकाहरु पनि अनलाइनमा भिज्न समय लाग्नु र काम सिकिसकेपछि अरु अनलाइनहरुमा प्रशस्त अवसर मिल्नुले पनि पत्रकारहरु अनलाइन मिडियामा टिक्न सकेका छैनन् । अझ सजिलोसँग आफ्नै अनलाइन सुरु गर्न धेरै लगानी पनि नपर्ने हुनाले कतिपय खारिएका पत्रकारहरु आफ्नै अनलाइन सुरु गरिरहेका छन् ।
चलेका अनलाइनमै पत्रकारको खडेरी :
नेपाली बजारमा ‘ब्र्यान्डेड’ मानिएका सेतोपाटी, अनलाइनखबर, इकान्तिपुर, लगायतका अनलाइनहरु पनि अनलाइनमा राम्रो काम गर्न सक्ने जनशक्तिको खोजीमा छन् । सेतोपाटी प्राविधिक र पत्रकारिता दुबैमा सक्षम पत्रकार पाए अझै केहीलाई आफ्नो समुहमा राख्ने विचारमा रहेको बुझिएको छ भने अनलाइनखबर, इकान्तिपुर, रातोपाटी पनि अनलाइनमा खटेर काम गर्न सक्ने केहि थप दक्ष जनशक्तिको खोजीमा रहेको बुझिएको छ ।  ‘ब्रोडसीट’ का अनलाइनहरुले पनि अनलाइनमा काम गर्ने पत्रकारहरु खोजीरहेका छन् । कारोबार, अभियान लगायतका पत्रिकाहरुले अनलाइनमा कम गर्ने जनशक्ति खोजीरहेका छन् भने टेलिभिजनहरुका अनलाइनहरुले पनि जनशक्ति खोजीनैरहेका छन् । यस्तै नेपालीपत्रकारिताका हस्तीहरुले खोलेको लोकान्तर, बार्हखरी, पहिलोंयूज, नेपालखबर लगायतका अनलाइनहरुले पनि जनशक्ति खोजीरहेका छन् ।  
प्राविधिक पक्षमा दक्ष जनशक्तिको कमी :
प्राविधिक पक्षमा राम्रो हुनेहरुलाई पत्रकारिताको अनुभव कम हुने र पत्रकारितामा खारिएकै भएपनि अनलाइनमा भिज्न नसक्ने वा बढी समय लाग्ने तथ्यका कारण पनि नेपाली अनलाइनहरुमा जनशक्तिको अभाव भएको अनलाइन सञ्चालकहरु बताउँछन् । ‘नेपालमा यस्ता बरिष्ट पत्रकारहरु पनि छन्, जसलाई फेसबुकमा अनलाइनको लिंक शेयर गर्न पनि आउंदैन ।’ एक अनलाइन सञ्चालकले अर्थ सरोकार डटकमलाई बताए । पछिल्लो समय पनि केहि नयाँ अनलाइनहरु आशालाग्दो रुपमा उदाएका छन् । बार्हखरी डटकम, लोकान्तर डटकम, पहिलोन्यूज डटकम, नेपालखबर डटकम, लगायतका केहि नयाँ तर आस बोकेका अनलाइनहरु जनशक्तिको अभाव खेपीरहेका छन् । अनलाइनमा काम गर्ने पत्रकार, ग्राफिक्स डिजाइनर र साइटमा केहि समस्या हुँदा तुरुन्त हेरिदिने प्राविधिकहरुको माग अझै बढेको हो ।     

अनलाइन पत्रकारहरुको बार्गेनिङ पावर बढ्यो  :
काम गर्न सक्ने जनशक्तिको अभाव भइरहेका बेला काम गर्न सक्नेहरुले भने अवसर पाइरहेका छन् । महिनैपिच्छे आशालाग्दा अनलाइनहरु आउन थालेपछी प्राविधिक ज्ञान भएका र पत्रकारिता पनि बुझेकाहरुलाई अहिले विभिन्न अनलाइनहरुले आफुकहाँ ल्याउने प्रयास गरिरहेका छन् । काम गरिरहेको अनलाइनमा पैसा अपुग भयो वा समयमा पैसा नआउने बित्तिकै अर्को अनलाइनमा काम गर्न जानेहरु बढेका छन् । विभिन्न अनलाइनका संचालकहरुले पनि छानी छानी काम गर्न सक्ने अनलाइनमा कार्यरत कर्मचारी तथा पत्रकारहरुलाई बढी पैसा दिएरै भएपनि आफूकहाँ ल्याउने गरिरहेका छन् । 

काम सिक्ने बित्तिकै रोजगारी :
नेपालमा रोजगारी भएन भन्नेहरुइलाई अहिले नेपाली अनलाइन मिडियाहरु नयाँ अवसरको पाटो हुन सक्छन् ।ग्राफिक्स जानेका, वर्डप्रेस, ब्लगर, र अरु सीएमएस चलाउन जानेका, भिडियो सम्पादनमा सामान्य ज्ञान भएकाहरुलाई पनि अनलाइनहरुले राख्ने हुनाले यी काम सिकेरै नेपाली अनलाइनहरुमा काम गर्न थालेका उदाहरणहरु पनि भेटिन थालेका छन् । नेपाली अनलाइन मिडियामा नयाँ जनशक्ति, र भर्खर काम गर्न थालेकाहरु पनि छोटो समयमै  अनलाइनमा तलव र काम गराईका हिसाबले पनि प्रगती गर्न थालेका छन् ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: