×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ढुंगेललाई पक्रन प्रहरीलाई सरकारको निर्देशन ! के सक्ला त प्रहरीले ढुंगेललाई पक्रन ?

PRIME CA

ढुंगेललाई पक्रन प्रहरीलाई सरकारको निर्देशन ! के सक्ला त प्रहरीले ढुंगेललाई पक्रन ?

४ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – हुन त नेपालको कानुन देवले जानुन्ओ भन्ने उखान नै छ।  त्यहि उखान बालकृष्ण ढुंगेलको हकमा पनि लागु हुन्छ । लामो समय भयो खलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणित भएको तर उनी पक्राउ परेका छैनन् । माओवादीका पूर्वसांसद भएकै कारणले उनलाई प्रहरीले पक्राउ गर्न नसकेको चर्चा पनि चलेको थियो । 
तर धेरै पछी बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । स्रोतका अनुसार, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बोलाएर ढुंगेललाइ तुरन्त पक्राउ गर्न सरकारले  निर्देशन दिएको छ ।
खोजी गर्न निर्देशन 
ढुंगेललाइ कुनै पनि हालतमा पक्राउ गर्न सरकारबाट निर्देशन आएपछि प्रहरीले आफ्ना मातहत निकायलाई उनको हुलियासहित पक्राउका लागि खोजी गर्न निर्देशन दिइसकेको छ । हालै प्रधानन्यायाधीशको पदभार ग्रहण गर्ने बेलाा सुशीला कार्कीलाई ढुंगेलको उदाहरणसहित अदालतको फैसला कार्यान्वयन नभएको बारेमा प्रश्न सोधिँदा उनले त्यसलाई पनि म पक्राउ गर्न जानू ? भन्दै प्रश्न गरेकी थिइन् ।
सोही भियोगका पुष्कर जेलमा !
एउटै अभियोग लागेका पुष्कर गौतम भने अहिले जेलमा छन् । ढुंगलले सर्वोच्च अदालतमा गरेको पुनरावेदनमा समेत उनले हारे पनि राजनीतिक दवावमा उनी पक्राउ पर्न सकेका छैनन् । ओखलढुंगाबाट ०६४ सालको संविधानसभामा समेत निर्वाचित भएका ढुंगेलको अगुवाइमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलाई मारिएको थियो ।

आखिर कहाँ छन् ढुंगेल ?
ढुंगेल अहिले देशभित्र नरहेको प्रारम्भिक सूचना प्रहरीले प्राप्त गरेको छ । यद्यपी उनी भारतमा बसेको हुन सक्ने शंका भने गरिएको छ ।  तर, वर्तमान सरकार ढलेर माओवादीको नेतृत्वमा सरकार आउने भएकाले त्यस्तो नगर्न प्रहरीलाई दवाव पर्न सक्ने आँकलन भए पनि महानिरीक्षक अर्यालको स्वभावका कारण पनि त्यस्तो कुरा नसहने बताइन्छ ।
के गरेका थिए ढुंगेलले ?
बालकृष्ण ढुंगेल हत्या काण्डका दोषी हुन् । उनी सहित आठ जनाले २०५५ असार १० गते उज्जन श्रेष्ठको हत्या गरेका थिए । ओखलढुंगा जिल्ला अदालतले ०६१ बैशाख २१ मा आठ जनाले हत्या गरेको ठहर गर्दै कैद सजाय गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: