
काठमाडौँ – भारतको गुप्तचर संस्था “र” को गोप्य लगानीमा गोटी बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ–आफ्नो पार्टीमा सल्लाह र छलफल नै नगरी सरकार परिवर्तनको कुरा गर्नुभएको छ । प्रचण्डले सरकारबाट अलग हुने र देउवाले प्रचण्डलाई प्रधानमन्त्री हुन दिएपछि कांग्रेस र एमाओवादी पार्टीभित्र विद्रोहका ज्वालाहरु दन्किन थालेका छन् ।
ठूलो पार्टी भएर कांग्रेसले नेतृत्व लिनुपर्ने बेलामा अस्थिर मनस्थिति भएका प्रचण्डसँग मिल्छु र प्रचण्डलाई कज्याएर शासन गर्छु भन्ने सोच देउवाजीले जो राख्नुभएको छ, त्यो सोच गलत हुनेछ । कांग्रेस तर्फबाट सरकारको नेतृत्व भएमा प्रचण्डले फेरि ओलीलाई जस्तै धोका दिनुहुनेछ । त्यसबेला प्रचण्डले चुनावी सरकारको कुरा उठाउनु हुनेछ । देउवाको सरकार विघटन गराएर चुनावी सरकारको प्रधानमन्त्ती लोकमान सिंह कार्की वा खिलराज रेग्मीलाई बनाउने पूर्व तयारी गरेर बसिरहनु भएको छ । प्रधानमन्त्री हुन प्रचण्डले प्राविधिक कारणले नपाए देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा प्रचण्ड हुनुहुन्छ । त्यसबेला प्रचण्ड एउटा नाटक गरेर एमालेकै नेतृत्वमा ओलीको छातामुनि ओत लाग्न पुग्नुहुनेछ । प्रचण्ड भरपर्दो र विश्वासिलो नेता हुनुहुन्छ । प्रचण्डलाई कतिखेर के सनक चल्छ, निर्णय त्यस्तै हुन्छ ।
प्रचण्ड र देउवाको अधिनायकवादी तानाशाही निरङ्कुश शैलीको एकल निर्णयबाट कांग्रेस र माओवादी क्याम्पमा ब्यापक असन्तुष्टी चुलिएर गैरहेको छ । पार्टी फुट्न पनि बेर छैन । माओवादी पार्टीभित्र नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी र शक्ति बस्नेतको टिम प्रचण्डको तानाशाही शैलीको विरोध र भण्डाफोर सँगसँगै गर्दैछन् । अहिले यतिखेर प्रचण्ड र शेरबहादुर देउवा थाल खाऊँ कि भात खाऊँको अवस्थामा पुग्नुभएको छ । नेताहरु जित्ने, मुलुक हार्ने यस्तो निर्णय काम छैन । बहुदल पुनप्र्राप्ति भएपछिको २६ वर्षमा २४ जना प्रधानमन्त्री भैसके । मुलुक खोक्रो भैसक्यो । नेताहरुलाई अझै चेत आएको छैन । राष्ट्रको विकास गर्नुभन्दा मुलुक लुट्नकै लागि नेताहरु सहमति गर्ने देखिएको छ । आलोपालो सिण्डिकेटको शैलीमा मुलुक चलिरहेको छ ।
माओवादीभित्र जस्तै कांग्रेसभित्र पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने विषयमा व्यापक दबाब भैरहेको छ । देउवाले प्रचण्डलाई नै प्रधानमन्त्री नबनाई नछाड्ने लिंडेढिपी गर्नुभयो भने कांग्रेसभित्रबाटै अर्को प्रधानमन्त्रीलको उम्मेदवार खडा हुनेछ । रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न प्रधानमन्त्री ओलीले प्रस्ताव समेत पठाइसक्नु भएको छ । “प्रचण्डलाई धोका दिन्न, राजनीतिक बेइमानी गर्दिन” भनेर कांग्रेसलाई माओवादी एजेण्डाको टाँङमुनि छिराउने प्रपञ्च रच्नुभयो भने त्यसबेला कांग्रेसका बहुमत साँसदले लिखित समर्थन गरी पौडेललाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउन बेर छैन । त्यसपछि प्रचण्ड र देउवा एकैचोटी हस्स पर्नुहुनेछ । दुवैको सपना चकनाचुर हुन पनि सक्छ ।
एमालेबाट माओवादी अलग्याउने तत्व वा शक्तिले दुवै पार्टी नफुटाउला पनि भन्न सकिदैन । फुटाऊ र शासन र र उनीहरुको नीति नै हो । एमालेलाई कमजोर पार्टी ओलीको विरोध गराउने शक्ति पनि त्यही शक्ति हो, जस्ले प्रचण्डहरुलाई चोरेर लग्यो । प्रचण्डहरुलाई चोर्नु अघि कुन्नी के के शुभलाभ पाएर हो वा ललीपप देखाएर हो झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमहरु प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचक भएर निक्लिएका थिए । ओली सरकारबाट हट्ने लगभग पक्कापक्की जस्तै भएपछि राष्ट्रियता र स्वाधीनताको पक्षमा लडाइँ छेडौं भनेर ओलीको पक्षमा देशैभरि जुलुश प्रदर्शन हुने भएको छ ।
२०७३ असार मसान्तका दिन ३१ गते माइतीघर मण्डलामा दिनको ३ बजे असंख्य युवा जमात भेला भएर राष्ट्रियताको पक्षमा लडाँइ छेड्ने उद्घोष गरेका छन् । यो जमात सशस्त्र युद्धको बेलाको माओवादी भन्दा पनि चर्को भएर उत्रिनेवाला छ । नेपालमा फेरि अर्को द्वन्द्व जन्मिएला जस्तो छ । यसो भयो भने बाध्य भएर नेपाली सेनाले सत्ता हातमा लिनेछ । सेनाले शासन हातमा लिएपछि नेपाल अधिराज्यको संविधान कार्यान्वयन हुनेछ । सुरक्षाफौज तम्तयार हालतमा बसेको छ ।
- प्रस्तुती : दिव्यचक्षु
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्