×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिटर ब्याजमा रकम लिने ठग जोगाउन कस्सिए कर्णेलहरू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिटर ब्याजमा रकम लिने ठग जोगाउन कस्सिए कर्णेलहरू

Artha Sarokar

४ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौं । विभिन्न प्रलोभन देखाएर सयौं व्यक्तिबाट करोडौं रूपैयाँ ठगी गर्न सफल कुख्यात ठग सनिस मिश्रलाई जोगाउन तीन कर्णेल लागिपरेको रहस्य खुलेको छ । 
ओमकार इन्भेस्टमेन्ट ग्रुप नामक कम्पनी स्थापना गरेर आकर्षक प्रतिफल दिने प्रलोभनमा पारी कान्तिपुर दैनिकमा विज्ञापनसमेत छपाएर करिब ५० करोड रूपैयाँ ठगी गर्ने मिश्रलाई जोगाउन नेपाली सेनाका  तीन पूर्वकर्णेल लागिपरेका हुन् । स्रोतका अनुसार कर्णेल विष्णु चापागार्इं, सम्पत अर्याल र शम्भू ढुंगाना ठग मिश्रलाई छुटाउन लागिपरेका हुन् । 
तीन कर्णेलमध्ये सेवा छँदा विवादित बनेका चापागार्इं र मिश्रको उठबस बाक्लो भएको स्रोत बताउँछ । छत्रमानसिंह गुरुङ सेनाको चिफ रहँदा चापागार्इं रुकुम जिल्लाको गणपति थिए । गणको रासनमा भ्रष्टाचार गरेपश्चात् कोर्ट मार्सलबाट चापागार्इंलाई बर्खास्त गरिएको थियो ।
सेनाको जागिरबाट हात धुनपरेपछि चापागार्इंले मिश्र जस्ता ठगहरूलाई अगाडि बढाएर आफूनिकट सेनाका हाकिमहरूको पैसासमेत मिटर ब्याजमा लगाई दिन थालेको चर्चा अहिले आर्मी हेडक्वाटरमा चल्न थालेको छ । मिश्रलाई अगाडि सारे पनि यसको योजनाकार तथा नाइके भने चापागाईं भएको स्रोेतको दाबी छ । 
सोही कारण चापागार्इंले आफ्ना अन्य दुई सहयोगी पूर्वकर्णेल सम्पत अर्याल र शम्भू ढुंगानाको सहयोग लिदै मिश्र छुटाउने अभियानमा लागेका हुन् । आकर्षक प्रतिफलको प्रलोभनमा मिश्रको समूहले करिब एक सय जनालाई घरवारविहीन बनाएका छन् । मिश्रले एक लाख लगानी गर्दा महिनामा १० हजार रूपैयाँसम्म व्याज दिने प्रलोभन देखाएर सर्वसाधारणलाई लोभ्याएका थिए । 
सुरु–सुरुमा ब्याजस्वरूप एक लाख बराबरको १० हजारका दरले प्रतिफल पनि दिएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । एक लाखको मासिक दश हजार आउने भएपछि दर्जनौं व्यक्तिले घर र बारी नै बैंकमा राखेर मिश्रको कम्पनीमा लगानी गरेका थिए । जसको अहिले घरवारविहीन हुने अवस्थामा छ । मिश्रले विभिन्न १२ वटा कम्पनीको नाममा सर्वसाधारणलाई ठगी गरेका थिए । जनप्रहर साप्ताहिकमा खबर छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी