Skip to content
LAXMI SUNRISE BANK

पन्ध्र करोडको अवैध भारतीय गुट्खा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

पर्सा – खुल्ला सिमानाका कारण भरियामार्फत  बर्षेनी १५ करोडभन्दा बढीको भारतीय गुट्खा वीरगन्ज नाकाबाट अवैध रुपमा भित्रिने गरेको छ ।

बिहार पछी लखनउ र गोरखपुर

बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएको पाइएको छ  ।

दैनिक १००किलो आयात 

वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र अन्य ब्राण्डका गुट्खा आयात हुने गरेको छ । वीरगन्जमा दैनिक रजनीगन्ध तुल्सी ५० किलो, राजनिवास एकसय किलो र अन्य गुट्खा करिब ५० किलोको परिमाणमा खपत हुने गरेको पाइएको छ ।

राजस्व कति ?

वीरगन्जमा गत आवमा राजस्व तिरेर ४३ हजार ४९ मूल्यको २० किलो भारतीय गुट्खा भित्रिएको र  अघिल्लो आवमा भारतीय गुट्खाबाट २८ हजार राजस्व सङ्कलन भएको थियो । भारतबाट एक किलो गुट्खा आयात गर्दा ३७५ अन्तःशुल्क, ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी कुल एक हजार ४३३ राजस्व बुझाउनु पर्ने हुन्छ  ।

ठुलो परिणाममा अवैध कारोबार 

गत आवमा वीरगन्जबाट प्रहरीले एक करोड ७५ लाख मूल्यको अवैध भारतीय गुट्खा बरामद गरेको थियो । गत आवमा पानमण्डीबाट ७० लाख, रजतययन्ती र कुम्हाल टोलबाट ५५ लाख र आदर्शनगरबाट ५० लाख बराबरको भारतीय गुट्खा बरामद गरिएको जानकारी छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK