×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव गर्भनरसाबले नै खण्डन गर्ने हो की ?

PRIME CA

अव गर्भनरसाबले नै खण्डन गर्ने हो की ?

२१ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • भूपेन्द्र आचार्य 

हिमालय सम्शेरको जवराको नाममा स्थापना भएको हिमालयन बैंक भित्र भएका दर्जनौ काण्डका बारेमा राजतिलक साप्ताहिकले बाहिर ल्याएको छ । गर्भनरसाब डा. चिरञ्जीवी नेपालले १ करोड भन्दा बढी जरिवाना स्वरुप कारवाही गरेको हिमालयन बैंकको अख्तियार दुरुपयोग अनुसन्धानले छानवीन गरि कारवाही गर्न राष्ट्र बैंकलाई पठाएको निर्देशनका फाइल कहाँ पुगे ? 
राणाहरुले माग्नेलाई दिने हो लिने होइन भन्दै हिड्ने अशोक राजासाबले धेरैलाई ऋण त दिए तर उठाउने छैन । मेलम्ची खानेपानीको चिनिया ठेकेदारलाई बैंक ग्यारेन्टी वापत ५ करोड दिए उठेन, एभरेष्ट फोलिडियार पूल) कम्पनीलाई दिए २६ करोड उठेन यी त उदाहरण मात्रै हुन । आफ्नै बैंकका कर्मचारीले हामी ग्राहकहरुको खातावाट कार्ड पिन चोरी ५ वर्ष ५ करोड ठगी गर्न पनि अशोक राजासाबले छुट दिए । पछि पोल खुल्ने भएपछि भारत भगाए । राणाको शान जोगाउने नाममा जनताको सम्पत्ति लुट्ने अधिकार कसैलाई छैन । 
देशमा राणा राजाका दिन अब गए यो गणतन्त्र स्थापना भएको जनताको छोरा छोरी राष्ट्रपति भएको मुलुक हो । अब राणा शाशन चल्दैन । हिमालयन बैंकमा अदक्ष र सोसफोसबाट भर्ना भएका कर्मचारी भएकै कारण दर्जनौ घटना भएको एक संचालकले राजतिलकसँग बर्र्ताए । नेवार र राणाको सम्पती मात्रै छैन हिमालयन बैंकमा लाखौ नेपालीहरुको सम्पत्ति पनि छ तर अशोक राजासाब आफ्नै बाबुको सम्पत्ति जस्थो गरी जनताको पैसामा फूपूको श्राद्ध गदै आएको कुरा घाम जस्तै छलङ्ग छ ।
तर उनीकै बाबु हिमालय शम्शेर राणाको सिफारिसमा गर्भनर बनेका डा.चिरञ्जीवी नेपाल किन हस्तक्षेप गदैन हिमालयन बैंकमा यसको खोजी अव शुरु भएको छ । एक डिपुटी गर्भनरले नाम नलेख्ने शर्त भनेः– तपाईले लेखेको कुरामा धेरै तुक छ । हिमालयन बैंकका धेरै गल्ती कमजोरी छन् हामी अध्ययन गरी रहेको छौं ।
एक दिन यथार्थ वाहिर आउने नै छ । उनीले थपे व्यक्ति नहेरौ हामी पनि नेतृत्वमा छौं हाम्रो दायित्व जनताको सम्पत्ति जोगाउने नै हो त्यसकारण ढिलो चाडो कारवाही हुन्छ । केही दिन अगाडी विपन्न वर्गलाई कर्जा प्रवाह नगरेवापत कारवाही भएकै हो नि ? यी शब्दले प्रष्ट हुन्छकी अब हिमालयन बैंक ढिलो चाडो कारवाहीमा पर्दैछ । 
हामीले हिमालयन बैंकका दर्जनौ बदमासी वाहिर ल्याउने क्रममा सम्पादकलाई बैंकबाट फोन नंम्बर ४२४६२१८ बाट पटक पटक मार्ने धम्की आएको छ । तर हाी विचल्लीत भएका छैन । हामी जनताको पैसाको खबरदारी गर्दछौं हाम्रो स्वार्थ केही छैन । गर्भनरसाव यी हामीले लेखेका समाचार के खण्डन तपाईले नै गर्ने होकी कारवाही गर्ने हो ? तपाईको छवि हिमालयन बैंक घोटलाले धमिलो बनाउने हो कि ? यसको चिन्ता हामीलाई पनि छ । रेगुलेटरले जनताको पैसा रक्षा गर्ने, बढाउने विथित मिलाउने हो । टुलुटुलु हरेर कानमा तेल हालेर बस्ने होइन कि कसो गर्भरन साब ? 
पाकिस्तानी बैंकको समेत शेयर रहेको बैंकमा कहाँ कसरी कस्ता व्यक्तिका पैसा नेपाल ल्याउने र लैजाने काम हुन्छ त्यो गर्भनर सावले बुझ्नु जररी छ कि छैन ? 
स्रोत भन्दछः– हिमालयन बैंकमा पाकिस्तानी आंतकवादीहरुको पैसा आउने गरेको छ । त्यो पैसाले नेपालमा नक्कली भारु किन्ने र आंतक फैलाउने काम हुन्छ । अशोक राजासावलाई आफ्नो पद र कुर्सीको माया छ । जनताको पैसाको माया छैन । गर्भनरसाब ।
 फाइल खोल्नु होस्  अगाडी बढ्नु होस् हिमालयन बैंक जनताको पैसा रहेको बैंक हो । राणा र नेवारको मात्रै होइन । अख्तियार भन्दर्छः हामीले ४÷५ पटक अध्यक्ष र सिइओलाई बयान लिएर दर्जनौ कारवाहीको सिफारिस गरेका छौं । तर कारवाही किन गदैन राष्ट्र बैंकल ? यसको खोजीको पनि अब शुरु भएको छ । 
गर्भनरसावकै कर्मचारीहरुले गरेको हिमालयन बैंकको पछिल्लो स्थलगत निरीक्षण प्रतिवेदनको एउटा गल्तीमा जरिवान त गर्नु भयो अरु गल्तीमा किन कारवाही गर्नुहुदैन । यस प्रश्नको जवाफ नेपाली जनतालाई दिन पर्छ कि पदैन ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: