
- दिक्षा कट्टेल / अर्थ सरोकार डटकम
काठमाडौँ – सामान्यतया: अस्पताल भनेपछि उपचार र स्वास्थ्य आवस्था जाँचको लागि जाने ठाउँ हो । देशका अन्य अस्पतालभन्दा काठमाडौँ मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा केही फरक दृश्य समेत देख्न पाइन्छ ।
अन्य अस्पतालमा बिरामी र बिरामी कुरुवा बाहेक अरु कसैको खासै चहलपहल देख्न नपाइएपनि यस अस्पतालमा भने भिन्नै चहलपहल देख्न पाइन्छ । अस्पताल परिसरमा परिक्षाको तयारी गर्दै गरेका, साँझपख हावा खान निस्किएकादेखि मायाप्रेम साटासाट गर्ने जोडीहरुको चहलपहल देखिन्छ ।
हुन त वरीपरी खुला ठाउँ नहुँदा अस्पतालभित्र गएर पढ्नु, छलफल गर्नुसम्म त ठिकै हो भन्ने तर्क पनि आउन सक्छ । तर अस्पतालमा कसैले नदेख्ने बहानामा प्रेमलीला देखाउनु, अस्पताल भित्र रमाइलो गर्दै सेल्फी खिच्नु लगायतका काम कति सहि वा कति गलत भन्ने अर्को बहसको बिषय बन्न सक्छ ।
यति मात्र होइन विभिन्न विषयमा अन्तरक्रिया गर्दै गरेका समुहसमेत देख्न पहिन्छ अस्पताल परिसरमा । यसरी अस्पतालजस्तो संबेदनशील ठाउँ मानिसहरुको अन्तरक्रिया, भेटघाट वा डेटिङस्थल बनेको बर्षौं भइसक्दा पनि अस्पताल भने मौन बसेको छ । अस्पतालको यहि तथ्यबारे जानकारी पाएपछि आज साँझ अस्पताल परिसर पुगेका हामीले यस्तै केही घटनाहरुलाई क्यामेरामा कैद गर्न सफल भएका छौ । हेर्नुहोस् तस्बिरहरु :






