![](https://arthasarokar.com/wp-content/uploads/2016/08/2averest.jpg)
- सुरज प्याकुरेल
काठमाण्डौ – एभेरेष्ट बैंकले नेपालको कानुन नमान्ने गरेको र दादागिरी मात्र देखाउने गरेको समाचार सार्वजनिक भएपछी थुप्रै सरोकारवालाहरुले यस बिषयमा एभेरेष्टसँग चासो राखेको भएपनि एभेरेष्टले भने आफ्नो दादागिरी रोकेको छैन । एभेरेष्टले अझै पनि आफ्नो दादागिरीलाई निरन्तरता दिंदै आएको छ ।
यसअघि आफ्ना ग्राहकका विवरण सुटुक्क भारतका गुप्तचरहरु समक्ष पुर्याएको आरोप समेत एभेरेष्ट बैंकलाई लागेको थियो । काठमाडौँबाट प्रकाशन हुने जनआह्वान साप्ताहिक र रातोपाटी डटकम, अर्थ सरोकार डटकम लगायतका मिडियाहरुले यस बिषयलाई प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।
उक्त प्रकरण सेलाउन नपाउंदै एभेरेष्ट बैंकको दादागिरीले अन्य बैंकको रेमिट्यान्स व्यापारमा प्रभाव परेको तथ्य बाहिर आएको छ । बैंकको दादागिरी र हेपाहा प्रवृतिलेका कारण देशमा रहेका अन्य वाणिज्य बैंकहरुले मोटो रकम घाटा सहनु परिरहेको छ । एभेरेष्टले कानुन विपरित रेमिट्यान्सको कारोबार गरिरहँदा अन्य बैंकहरु मर्कामा परेका छन् । स्रोतका अनुसार एभेरेष्टलाइ भारतीय दुताबासको साथ भएकोले उसले मनपरी गरिरहेको छ ।
नियम विपरित कमिसन बाँढ्छ एभेरेष्ट, तर उसलाई कसले छुने ?
![](https://arthasarokar.com/wp-content/uploads/2016/08/1-16.jpg)
![](https://arthasarokar.com/wp-content/uploads/2016/08/everestbank_nrbnotice.jpg)
साथै बैंकले जारी गरेको पत्रमा उल्लेखित बुँदा ‘बैंकले विदेशमा प्रदान गरेको विनिमय दर र स्वदेशको कारोबारमा प्रयोग गरेको विनिमय दरको दैनिक विवरण मासिक रुपमा पेश गर्नुपर्नेछ ।’ केही अस्पष्ट भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले ०७१ माघ २५ गते अर्को पत्र जारी गर्दै फेडानले दिएको दर नै मान्नुपर्ने भनी स्पष्ट निर्देशन दिएको छ । पत्रसंख्या ६३५ रहेको पछिल्लो निर्देशनमा नेपाल राष्ट्र बैंकले ‘विप्रेषणका लागि प्रयोग गर्ने विनिमय दर फेडानले उपलब्ध गराए अनुसार गर्नु’ भनिएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2016/08/everestbank_dadagiri1.jpg)
![](https://arthasarokar.com/wp-content/uploads/2016/08/3everest.jpg)
यस बिषयमा एभेरेष्ट बैंकका सूचना अधिकृत एके बंशलको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएका छैनन् । यता एभेरेष्ट बैंकमा फोन गरी यस बारे बुझ्दा मार्केटिङमा बुझ्नुहोस् भनी फोन ट्रान्सफर गरिएपनि फोन उठेन । पटक पटक हामीले फोन गर्दा यस बिषयमा आफुलाई थाहा नभएको बताउंदै त्यहाँका कर्मचारीहरुले फोन राख्ने गरेका छन् ।