
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – फूल अनि मान्छेको जीवन । कोपिला बन्छ, फूल्छ अनि झर्छ । त्यस्तै मान्छेको जीवन पनि । एक दिन त्यो फूलजस्तै झर्नु छ । तर पनि कोपिलाजस्तै फूल्दा आतिन्छ मान्छे, फक्रंदा मातिन्छ मान्छे तर पनि शास्वत सत्य एकदिन झर्नु नै छ । यहि पाठ सिकाएको यो गुलावको फूलको चक्र हो । जसले मानिसलाइ फुल्ने देखि ओइल्याउने सम्म फगत चक्र हो भनिरहेछ । अर्थ सरोकार डटकमकी फोटो जर्नालिष्ट दिक्षा कट्टेलले त्यहि वास्तविकतालाई तस्विरमा उतारेकी छिन् । हेर्नुहोस् फोटो फिचर :





