×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मन्त्री बनेलगत्तै गगन थापाले गरे युवाहरुकै लागि लोकप्रिय कामको सुरुवात

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वास्थ्य मन्त्री बनेलगत्तै गगन थापाले गरे युवाहरुकै लागि लोकप्रिय कामको सुरुवात

Artha Sarokar

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग जोडिएकको निकै महत्वपूर्ण काम अघि बढाउने निर्णय गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा सपथ खाएलगत्तै स्वास्थ्य मन्त्रालय पुगेका थापाले बैदेशिक रोजगारीमा जाने युवाहरुको स्वास्थ्य परीक्षण सम्बन्धी फाइलमा हस्ताक्षर गरेर सो काम अघि बढाउने निर्णय गराउने निर्णय गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने क्रममा युवाहरुमा स्वास्थ्य परीक्षणलाई लिएर समस्या हुने गरेको विषयमा मन्त्रालयमा बेला–बेलामा उजुरी समेत पर्ने गरेपछि मन्त्रालयले समिति गठन गरि छानबिनको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

समितिमा स्वास्थ्य मन्त्रालयका प्रथम श्रेणीका चिकित्सक, नेपाल मडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा कानुन मन्त्रालयका एक अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघका प्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएका एक व्यक्ति सदस्य रहनेछन् ।

नेपालबाट बैदेशिक रोजागरीमा जाने युवाहरु बेला–बेलामा विदेशमा पुगेर स्वास्थ्य समस्यामा फस्ने गरेका छन् । यो समितिले सो सम्बन्धमा गम्भीर अनुसन्धान गरी निर्णय गर्ने तयारी गरिरहेको बताइएको छ । स्वास्थ्यमन्त्री गगन थापाको नेतृत्वमा यो काम सम्पन्न भए, वैदेशिक रोजगारीमा जाने युवाहरुबीच देखिने यो ठूलो समस्या हल भएको मानिने बताइन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी