×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापालाइ निलकण्ठ शर्माको खुलापत्र

PRIME CA

गगन थापालाइ निलकण्ठ शर्माको खुलापत्र

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • नीलकण्ठ शर्मा 

स्नेही गगन थापा जी,
साम्सद काठमाडौं क्षेत्र नम्बर ४,


बिषय – कपनको सडकको अवस्था सम्बन्धमा ।

तपाई यस क्षेत्रको निर्बाचित साम्सद र तुलनात्मक रूपमा देशको लोकप्रिय युवा नेता हुनुहुन्छ । कपनको भनेको काठमाडौं महानगर सग जोडिएका ठाउँहरु मध्य सबैभन्दा बढी जनसंख्या भएको बस्ती हो ।

यहाका मानिसहरुले उपत्यकामा सबैभन्दा पहिले जनसहभागितामा सडक, ढल, पूल र अन्य पुर्वाधारहरु बनाउन सुरु गरेका हुन । यहाको इतिहास हेर्नुहुन्छ भने नागरिकले नै पैसा उठाए पक्की सडक समेत बनाएका छन । स्कुल, क्याम्पस देखि मठ मन्दिरको ब्यबस्थापन पनि आफै गरेका छन ।
अहिले बढ्दो शहरीकरणको प्रभाव यहाँ अत्यन्तै बढी छ । जनसंख्या अत्यन्तै बढी रहेको छ ।
तर,
अहिले काठमाडौंको केन्द्रबाट वा चक्रपथबाट कपन आउने सम्पुर्ण सडक र बाटो अत्यन्तै जिर्ण मात्र नभएर अबरुद्ध नै छ । कपन आउने तल उल्लेखित सम्पुर्ण सडकहरु,
१ गोपि कृष्ण सिनेमा हलबाट बिमा समिति हुँदै आउने सडक,
२ सरस्वती नगर हुँदै आउने सडक,
३ महाकाल हुँदै आउने सडक,
४ आरुबारी र जोरपाटी क्षेत्रबाट आउने सडक,
५ सुकेधारा बाट निलो पुल हुँदै आउने सडक,
६ सुकेधारा बाट ढलाने पुल हुँदै आउने सडक,
७ मण्डिखाटार बाट आउने सडक,
८ धोबी खोला किनारका सडक,
९ कपनका भित्री सडकहरु
अत्यन्तै जिर्ण र सडकको कुनै पनि मापदण्ड भित्र नपर्ने अवस्थामा पुगेका छन । यी सडकबाट,
१ साना र ठुला गाडी हिडाउन सकिँदैन,
२ मोटरसाइकल गुडाउन सकिँदैन,
३ पैदल हिड्न पनि नसकिने अवस्था छ ।
यी बिग्रने, भत्कने र जिर्ण हुने क्रम ज्यामितिय रुपमा बढ्दो छ ।

कृपया,
नेपाल सरकारले यी माथी उल्लेखित सडक बनाउन पनि केही रकम छुट्याएको होला !
कहिले काहीँ २-४ ट्याक्टर माटो झारेर सडक हिलो बनाउने कार्य पनि चल्दैछ । यी सडकको मर्मतसम्भार सम्बन्धि कार्यको एक पटक राम्रो अनुगमन गरि दिनुहोला । किनकी हामी अहिले नाकाबन्दीमा परे जस्तो पिडा भोग्दैछौ ।

हुनत,
यहि कपनको बासिन्दा र पुरानो माओवादी नेता नन्दकिशोर पुन तपाईसग चुनाब हारेर पनि यो देशको उपराष्ट्रपति हुनुहुन्छ । उहाको पनि यो कुरामा ध्यानाकर्षण भैदिए राम्रो हुन्थ्यो ।

सम्माननिय उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको ब्यक्ति लाई भन्न मिल्दैन भनेर हाम्रो निर्बाचित जनप्रतिनिधिको नाताले तपाईं सग आग्रह गरेको हु ।

आजकाल म पनि केही ब्यस्त नै छु । तपाईंको ब्यस्तताको त कुरै भएन । तपाईसग भेटघाट नभएको पनि धेरै भयो । सायद सडकबाट आउन जान कठिन भएर पो हो कि ?

हुनत,
काठमाडौंको प्राय सबै ठाउको सडकको अवस्था दयनीय नै छ । यो कुरा मैले पनि देखेको, भोगेको र बुझेको नै छु । अझ सम्मानित सर्बोच्च अदालतले केही चल्तिका सडक निर्माण कार्य रोक्नु भनेका आदेश सम्झदा त अचम्म लाग्छ । अरु ठाउँ भन्दा कपनको पीडा फरक अर्थात नाकाबन्दी जस्तो भएर मैले विशेष आग्रह गरेको हु । अन्यथा नलिनु होला ।

कृपया एक पटक यो क्षेत्रमा आएर यी सडकको अनुगमन गरिदिनु भएमा म लगायत सबै कपन बासीहरु अत्यन्तै आभारी हुनेछौ ।

अनुकुल मिले मेरो घरमा नै चिया पिउने गरेर आउनु होला है त ।

तपाईंको शुभेच्छुक 
निलकण्ठ शर्मा 
कपन ३, काठमाडौं

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: