×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन्दर्भ: नेपाली फुटबल : सरकारले वास्ता नगरेपनि सचेतना अभियानमा यसरी लाग्दैछन् युवा !

PRIME CA

सन्दर्भ: नेपाली फुटबल : सरकारले वास्ता नगरेपनि सचेतना अभियानमा यसरी लाग्दैछन् युवा !

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली फुटबलको बिकासमा सरकारले खासै वास्ता नगरेका बेला अध्ययन र कामको सिलसिलामा काठमाडौँमा रहेका केहि युवाहरुले सचेतना अभियान थालेका छन् । नेपाली फुटबल प्रेमीहरुलाई लक्षित गर्दे उनीहरुले एकापट्टी ‘नेपाली फुटबलमा नवायुग’ र अर्कोपट्टी ‘आइ सपोर्ट नेपाली फुटबल’ लेखिएको टि-शर्ट नेपाली बजारमा ल्याउँदै यस्तो अभियान थालेका हुन् ।  

टि-शर्ट  अभियान नै किन ?
मनिष श्रेष्ठ, प्रकाश घर्ती, रोशन श्रेष्ठ र दिनेश कट्टेलको योजना तथा डिजाइनमा तयार भएको उक्त टि-शर्ट अहिले नेपाली फुटबलप्रेमीहरुमाझ पुर्याउंदै यस्तो अभियान जारी रहेको उनीहरुले बताएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अभियानता मध्येका एक दिनेश कट्टेल भन्छन्,’नेपाली फुटबल क्षेत्रमा बिकासको काम अगाडी बढ्नुपर्नेमा सरकारले समग्र फुटबल क्षेत्रलाई नै प्राथमिकतामा राखेको छैन । सम्भावना बोकेको भएपनि सरकारी पक्षपातले नेपाली फुटबल क्षेत्रमाथि उठ्न सकेको छैन । कतिलाई पछिल्लो पटक सार्वजनिक भएको म्याच फिक्सीङ प्रकरणले पनि निरास बनाएको छ । त्यसैले फुटबल खेलप्रतिको यो हाम्रो सचेतना अभियान हो ।’ ‘टि-शर्ट अभियान नै किन त ?’ भन्ने हाम्रो प्रश्नमा दिनेश कट्टेल भन्छन्, ‘सामान्यतया लाइरहने पहिरनमध्येको एक टि-शर्ट हो । फुटबल खेल्दा पनि टि-शर्ट नै लगाइने हुनाले यो एक विम्ब पनि हो । आर्थिक हिसावले पनि यो सस्तो छ ।   
किन लगाउने यो टि-शर्ट ?
‘यो नेपाली फुटबललाइ माया गर्नेहरुको प्रतीक हो ।’ अभियानतामध्येका एक कट्टेल अगाडी भन्छन्, ‘यो टि-शर्ट लगाएर हिड्दा नेपाली फुटबलप्रतिको अपनत्वलाइ सबै खेलप्रेमीहरुले मनन गर्छन भन्ने हाम्रो विश्वास हो । सरकारले वा एन्फाले नै यस्तो अभियान चलाएको भए सार्है राम्रो हुन्थ्यो । तर अव आफैंले केहि गर्नुपर्छ भनेर हामीले यो अभियान चलाएका हौँ ।’ उनका अनुसार नेपालमा हुने विभिन्न खेलको समयमा मात्र होइन अरुबेला पनि यो टि-शर्ट लगाएर हिड्दा नेपाली फुटबलप्रेमीहरुले यसलाई सकारात्मक रुपमा लिने हुनाले नेपाली फुटबल क्षेत्रमा केहि हदसम्म भएपनि टेवा पुग्छ । 



कति पर्छ, कहाँ पाइन्छ ?

उक्त टिशर्टको मूल्य ५०० रुपैयाँ छ । ‘हामीलाई सम्पर्क गरी यो टि-शर्ट लिन सकिन्छ । हामी हाम्रो उपलब्धताका आधारमा सम्भव भएको खण्डमा पुर्याईदिन्छौं पनि । तर नेपाली फुटबलप्रेमीहरु आफैं यो टि-शर्ट लिन आउनु ठुलो कुरा होइन ।’ अभियानता कट्टेलले अन्तमा सुनाए । उनका अनुसार टि- शर्ट लिन चाहाने कोहि पनि फुटबल प्रेमीले ९८०६९६८०६८ (मनिष), ९८४३७०२५०९(प्रकाश) ९८४१७३२६२० (रोशन) वा ९८४३५८८४४८ (दिनेश) लाइ सम्पर्क गर्न सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: