काठमाडौँ । भदौ १० गते आएको बाढीका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका रसुवाका तीन जलविद्युत आयोजना पुनः प्रसारणलाइनमा जोडिने भएका छन् । त्रिशूली करिडोरको क्षतिग्रस्त प्रसारण संरचनाको विकल्पमा नयाँ मार्गबाट प्रसारणलाइन निर्माण गरिने भएको हो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले करिब ४.५ किलोमिटर लामो वैकल्पिक प्रसारणलाइन निर्माणका लागि आवश्यक निजी जग्गा अधिग्रहण गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ। बैठकले कुल ३ हजार ८८० वर्गफिट जग्गा प्राप्तिका लागि अनुमति दिएको हो ।
त्रिशूली नदीमा आएको बाढीले प्रसारण संरचनामा क्षति पुर्याएपछि रसुवाका पाँच जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका थिए । तीमध्ये १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र ७८ मेगावाटको साञ्जेन खोला (सलासुङ्गी) जलविद्युत आयोजना प्रभावित भएका छन् ।
बाढीले नुवाकोटस्थित त्रिशूली थ्रीबीको २२० केभी हब सबस्टेसन बगाएपछि चिलिमे–त्रिशूली प्रसारण प्रणाली अवरुद्ध भएको थियो । जलविद्युत आयोजनाका उत्पादन संरचनामा ठूलो क्षति नपुगे पनि प्रसारण संरचना नष्ट हुँदा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको छैन ।
यस समस्याको समाधानका लागि नेपाल विद्युत प्राधिकरणले त्रिशूलीदेखि काठमाडौंस्थित मातातीर्थ सबस्टेसनसम्म वैकल्पिक प्रसारणलाइन निर्माण गर्ने सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका आधारमा त्रिशूली थ्रीबी हब–मातातीर्थ २२० केभी प्रसारणलाइन पुनर्निर्माण आयोजना अघि बढाइएको हो ।
आयोजनाले नुवाकोटमा एक वर्षका लागि घर भाडामा लिएर निर्माणसम्बन्धी काम अघि बढाइरहेको छ । वैकल्पिक प्रसारणलाइन निर्माण सम्पन्न भएपछि बाढीका कारण विद्युत उत्पादन भएर पनि राष्ट्रिय प्रणालीमा जोडिन नसकेका आयोजनाबाट पुनः विद्युत आपूर्ति गर्न सकिने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्