×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी गाडीबाट ओर्लेर सार्वजनिक स्थलमै धुम्रपान गर्ने यिनी को हुन् ? के यिनलाईचाहिं कानुन लाग्दैन ?

PRIME CA

सरकारी गाडीबाट ओर्लेर सार्वजनिक स्थलमै धुम्रपान गर्ने यिनी को हुन् ? के यिनलाईचाहिं कानुन लाग्दैन ?

२८ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे – अर्थ सरोकारकर्मी स्थलगत  रिर्पोटिङ गर्ने क्रममा काभ्रेको भकुन्डेबेसी जान धुलीखेलमा गाडी कुरेर बसीरहेका थिए । त्यतिकैमा बाटोको छेउमा आएर एउटा सरकारी गाडी रोकियो । स १ झ ४८० नम्बर भएको उक्त गाडी आउने बितिक्कै हामीलाई को सरकारी कर्मचारी रहेछन् भन्ने खुल्दुली लाग्यो । विहान झन्डै ८ मात्र बजेको थियो । त्यतिबेला सरकारी गाडी किन गुड्दैछ बाटोमा भन्ने पनि खुल्दुली लाग्यो ।
तर अचानक गाडीबाट एक महासय ओर्लिए । गाडीको नम्बरप्लेट हेर्दा गाडी सगरमाथा अन्चलको भएकाले हामीले त्यो गाडी उक्त बाटो हुँदै सगरमाथा अन्चलको कुनै गन्तव्यमा पुग्न लागेको होला भन्ने ठान्यौं । तर अचानक अनौठो दृश्य देखियो । सार्वजनिक स्थलमै त्यो पनि यात्रुले गाडी कुर्ने ठाउँमा आएर ती महासय त चुरोट पो पिउन थाले । 
पहिला उनी भएको ठाउँमा एक जना बालक खेलीरहेको थियो । जव उनले चुरोट तान्न थाले, तव ती बालक त्यहाँबाट हिंडे । यसरी सार्वजनिक ठाउँमा चुरोट तानेको देखेपछी त्यसलाई हामीले हाम्रो क्यामरामा कैद गर्यौं । हामीले तश्वीर खिचेपाची उनी नजिक गएर सोध्यौं, यो गाडी कहाँ जाने हो ? ‘उनले जवाफ फर्काए ‘अफिस’ । हामीले पुन: प्रतिप्रश्न गर्यौं, ‘कुन अफिस?’ उनले घोरिएर हामीलाई हेरे ।
हाम्रो प्रश्नको उनले केहि उत्तर दिएनन् । हामीले उनको परिचय माग्ने प्रयास गर्यौं । उनी केहि बोलेनन् । केहि समयपछी उनका एक आफन्त आइपुगे । र गाडी चढे ।  चुरोटको ठुटो त्यहीं मिल्काएउनी गाडी चढे र हिंडे ।  
उनले त्यहाँ दुइ गलत काम गरेको स्पष्ट देखिन्थ्यो।  एक त सरकारी गाडीमा आफन्तलाई बोकेर  लैजानु र अर्को सार्वजनिक स्थानमा धुम्रपान गर्नु । बाटो पर्दा आफ्ना मान्छेलाई राखेर कतै लैजानुसम्म त ठिकै थियो । तर सार्वजनिक स्थानमा धुम्रपान गर्नुचाहिं पक्कै गलत हो ।
तर यिनलाई कसले कारवाही गर्ने ? हामी त्यो नम्बर प्लेट भएको गाडी उक्त दिन कसले के प्रयोजनका लागि लागेको थियो भन्ने पनि बुझ्ने प्रयास गरिरहेका छौं । अब सम्बन्धित व्यक्ति वा निकायले नै यी महासयको गलत कामलाइ नियमन गर्ने कि ?  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: