×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक बर्षदेखि पूर्वराजाले मलाई भेटै दिँदैनन्

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक बर्षदेखि पूर्वराजाले मलाई भेटै दिँदैनन्

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले बारम्वार भेट्न खोज्दा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले भेट नदिएको बताएका छन् । ‘मैले भेट्न खोजेको एक बर्षदेखि हो तर उताबाट भेटको समय नै निर्धारण गरिदैन’ चन्दले भने ।
चन्द दरवारकै आडमा तीन पटक प्रधानमन्त्री भइसकेका छन् । पञ्चायतकाल देखि निरन्तर राजनीतिमा सक्रिय चन्दले पछिल्लो समय पूर्वराजालाई भेट्ने मौका नपाएको गुनासो सुनाए । २०४७ सालदेखि उनी राष्टिय प्रजातन्त्र पार्टीमै छन् । सुरुमा राष्टिय प्रजातन्त्र पार्टी चन्द समुह गठन गरेका उनले पछि सुर्यबहादुर थापासँग एकीकरण गरेका थिए । यी दुवै राप्रपाको मुल सिद्धान्त संबैधानिक राजतन्त्र नै थियो ।
दरवारका अति विश्वास पात्र मानिने थापा र चन्दले गणतन्त्र पछि गणतन्त्रबादी भए । संबैधानिक राजतन्त्रको आफ्नो मौलिक सिद्धान्तलाई छोडेर उनीहरु कम्यूनिष्ट पार्टीको एजेण्डामा आए । हिन्दुराष्ट्रका ठाउँमा धर्मनिरपेक्षता, संबैधानिक राजतन्त्रको सट्टा गणतन्त्र आफ्नो सिद्धान्त बनाए । त्यही देखि पूर्वराजासँग थापा र चन्दको सम्बन्ध चिसिएको राप्रपा नेता केशरबहादुर बिष्टले बताए ।
संविधानसभाबाट संविधान जारी हुनु पूर्वदेखि चन्दले पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न खोजेका थिए । तर चन्दले आग्रहलाई पूर्वराजाले बेवास्था गर्दै आएका छन् । चन्द भन्दा बढि विश्वास पात्र राप्रपा नेपालका अध्यक्ष कमल थापा बनेका छन् । तर कमल थापासँग पनि त्यति सारो सम्बन्ध पूर्वराजासँग कायम रहन नसकेको बिष्टले बताए ।
राप्रपा र राप्रपा नेपालबीचको एकीकरण भाँडिएपछि उनले फेरी पूर्वराजालाई भेट्न खोजेका थिए । ‘देश बाहिर जानु पर्ने भएकोले भेट तत्काल सम्भव छैन, भन्ने जवाफ आयो’ चन्दले भने । जतिपटक चन्दले भेट्न खोज्छन् त्यति नै पटक तत्काल सम्भव नभएको जवाफ पूर्वराजाबाट आउने गरेको छ ।
चन्दले पार्टी एकता भाँडिनुमा मुख्य जिम्मेवार राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा भएको बताए । ‘म अध्यक्ष हुँदासम्म पार्टी एकताको छलफल अन्तिम चरणमा पुगिसकेको थियो, तरपछि ढंग पुगेन छ’ उनले भने ‘विदेश शक्तिले पार्टी एकता हुन नदिएको भन्ने कमल थापाको भनाई भने सत्य नभएको बताए ।’

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: